ghar sansar

बेदकोटमा नगर अस्पताल बनाउन माग गर्दै नगरपालिका कार्यालयमा धर्ना

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका स्थानीयले १५ शैयाको नगर अस्पताल निर्माण सुरु गरिनु पर्ने माग राख्दै नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नगर अस्पतालका लागि दबाव दिन स्थानीय खगेन्द्र नाथको संंयोजकत्जमा गठित संघर्ष समितिको अगुवाईमा धर्ना दिइएको छ ।

दुई वर्ष अघि राजेन्द्र निर्माण सेवा कम्पनीले दुई वर्षसम्म सक्ने गरी १४ करोडमा नगर अस्पात बनाउन ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौतापछि ८५ लाख पेश्की लिए पनि अहिलेसम्म काम सुरु भएको छैन ।

,orning glory badhai

बेदकोट नगरपालिकाको दैजीमा निर्माण गरिने भनिएको उक्त अस्पताल भवन लामो समय बितिसक्दा पनि सुरु नगरिएको भन्दै आजबाट स्थानीयले धर्ना सुरु गरेका हुन् ।

dirghayi clinic

साउदको राजेन्द्र निर्माण सेवासँग भवन निर्माणको ठेक्का सम्झौता भएको थियो। बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले उक्त निर्माण कम्पनीसँग करिब १४ करोडमा ठेक्का सम्झौता भएपनि हालसम्म काम सुरु नगरिएको बताए । ‘हामीले काम सुरु गर्न पटक–पटक ताकेता गरिरहेका छौँ,’ उनले भने, ‘गर्छु भनेपनि काम सुरु नै भएको छैन ।’

२०७७ सालमा शिलान्यास गरेर २०७९ सालको चैत मसान्त सम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि साउदको कम्पनी राजेन्द्र निर्माण सेवाले कामै सुरु नगरेको भन्दै स्थानीय आक्रोशित छन् ।

बेदकोट १५ शय्या अस्पताल निर्माण संघर्ष समिति गठन गरेरै स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नगरपालिकालाई फागुन २९ गते लिखित मागपत्र बुझाएका थिए ।

चैत्र ४ गतेसम्ममा अस्पताल निर्माण प्रक्रिया सुरु गर्न माग गरिएको थियो। त्यसपछि पनि नगरपालिकाले चासो नदिएको भन्दै आजबाट धर्ना दिइएको समितिका संयोजक खगेन्द्र नाथले जानकारी दिए । 

उनले अहिलेसम्म नगरपालिकाले यस विषयमा चासो नदिएको बताए। राजेन्द्र निर्माण सेवाले ८५ लाख पेस्की लिएर अहिले काम अलपत्र पारेको उनको भनाई छ । कार्यालयमा शुक्रबार दुई घण्टा धर्ना दिएको छ ।

माग सम्बोधन नभए १४ गते निर्माण कम्पनीको सम्पर्क कार्यालय घेराउ र निर्माण सामग्री जफत गर्ने, २० गते नगरपालिकामा तालाबन्दी गर्ने र २५ गतेदेखि अनिश्चितकालीन आम हडताल गर्ने संर्घष समितिले जनाएको छ। नेकपा एमाले बेदकोट नगर कमिटीले पनि यस विषयमा चासो राख्दै यथासिघ्र काम सुरु गर्न माग गरेको छ।

Himal dental
सम्बन्धित
Loading...