ghar sansar

गड्डाचौकी भन्सारको राजश्व अशुली फागुनमा आएर बल्ल सुधार

little buddha academy
khasi

महेन्द्रनगर । लगातार ६ महिनादेखि घटेको गड्डाचौकीस्थित भन्सार कार्यालयको राजश्व अशुली फागुनमा आएर सुधार भएको छ । चालु आर्थिक वर्षको भदौदेखि माघसम्म हरेक महिना भन्सार राजश्व अशुली लगातार घटेको थियो ।

चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७८ प्रतिशत राजश्व अशुली भएकोमा माघसम्म घटेर ६१ प्रतिशत पुगेको थियो । यस अवधिमा साउनमा सबैभन्दा बढी ७८ प्रतिशत अशुली भएको थियो ।

,orning glory badhai

फागुनमा चालु आर्थिक वर्षको सबैभन्दा बढी राजश्व अशुली भएको छ । फागुनमा राजश्व अशुली ८१ प्रतिशत पुगेको छ । यस अघि साउनमा ७८ प्रतिशत पुगेर त्यसपछि माघसम्म लगातार घटेको हो ।

भन्सार कार्यालयले फागुनमा ५ करोड २२ लाख राजश्व अशुलीको लक्ष्य राखेको थियो । त्यसको ८१ प्रतिशत अर्थात ४ करोड २४ लाख राजश्व अशुली गरिएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रबराज विश्वकर्माले फागुन महिनामा राजश्व अशुली सुधार भएर लक्ष्य नजिक पुगेको बताए । ‘यस वर्ष लक्ष्य अनुसार राजश्व संकलन हुन सकेको छैन, फागुनदेखि यसमा सुधार आएको छ’ उनले भने,‘अब बाँकी महिना सुधार हुने आश राखेका छौ ।’

भन्सार राजश्व अशुली सुधारका लागि प्रमुख तीन कारण अघि सारिएका छन् । त्यसमा साइकल केयरिङ्गको जाँचपास कडाई, एलसी र मार्जिन अनिवार्यता हटाइएको र सुरक्षा संयन्त्र हेरफेर प्रमुख कारणका हेरिएका छन् ।

प्रमुख भन्सार अधिकृत विश्वकर्माले अन्य सहायक कारण भए पनि मुख्यतः यी तीन कारणले फागुनमा आएर राजश्व अशुली सुधार भएको बताए । ‘भन्सार कार्यालयले कार्यालयबाट गर्नु पर्ने नियमित काम त छँदैछन् । ती बाहेक यी तीन कारणले पनि फागुनमा राजश्व सुधार हुन पुगेको छ’ उनले भने ।

भन्सार राजश्व लगातार घटेपछि प्रमुख भन्सार अधिकृत विश्वकर्मा आफैं दुई महिनासम्म समान जाँचपास स्थानमा बसेका थिए । अहिले पनि भन्सार सुब्बा दैनिक रुपमा जाँचपास स्थानमा खटिएका छन् ।

dirghayi clinic

प्रमुख भन्सार अधिकृत आफैं बसेपछि साइकल केयरिङ्गको राजश्व बढेको छ । भन्सार कडाईपछि केयरिङ्गकर्ता घटेपछि राजश्व बढेको छ । दैनिक एक सय भन्दा बढी साइकल समान केयरिङ्ग गर्दै आएका छन् ।

भन्सार अधिकारीहरुका अनुसार केयरिङ्गकर्ताले गर्ने ठूलो मात्राको राजश्व छली रोकिएको छ । यस अघि २० प्रतिशत मात्रै भन्सार तिरी उनीहरुले केयरिङ्ग गर्दै आएका थिए ।

‘पहिलो २० प्रतिशत भन्सारमा आउँथ्यो, ८० प्रतिशत बाहिर हुन्थ्यो, अहिले त्यसमा सुधार भएको छ’ भन्सार कार्यालयका एक कर्मचारीले भने,‘यो सब जाँचवास कडाईले नै भएको हो ।’

सरकारले एलसी र मार्जिज शत प्रतिशत बनाएपछि आयात लगभग ठप्प पुगेको थियो । अहिले एलसी र मार्जिन दुबैको अनिवार्यता हटेपछि समान आयात बढेको भन्सार अधिकारीरु बताउँछन् ।

‘साना व्यवसायी पनि समान आयात गर्न थालेका छन्, यसले पनि राजश्व अशुली सुधारतिर गएको छ’ प्रमुख भन्सार अधिकृत विश्वकर्माले भने ।

भन्सार सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीको नेतृत्व हेरफेरको असर पनि राजश्व अशुलीमा परेको छ । सशस्त्र प्रहरीको वनसमितिस्थित शैलेश्वरी गणको नेतृत्व फेरिएको थियो । गणमा प्रेम बहादुर रावल नयाँ गणपति आएका छन् । उनी आएपछि भन्सार राजश्व छली नियन्त्रण भएर सुधार हुन पुगेको छ ।

फागुनको राजश्व अशुलीले चैतमा पनि निरन्तरता पाउने आशमा भन्सार कार्यालय छ । चैतको १३ गतेसम्म एक करोड ४७ लाख अर्थात लक्ष्यको ३५ दशमलव ६७ प्रतिशत राजश्व अशुली भएको छ । चैतमा ४ करोड २८ लाख संकलन गर्ने लक्ष्य छ ।

प्रमुख भन्सार अधिकृत विश्वकर्माले फागुनमा देखिएको सुधार निरन्तरता पाउने आश राखिएको बताए । ‘माघको अन्तिमदेखि फागुनसम्मको टे«न्ड हेर्दा त बढ्ने आश छ, तर चैतमा खासै कारोबार पनि हुँदैन, तर पनि निरन्तरता पाउने आशमा छौ’ उनले भने ।

गड्डाचौकी भन्सार कार्यालयबाट दैनिक उपभोग्यका समान दाल, चामल, तरकारी, फलफूल, लत्ता कपडा, हार्डवेयर समान लगायतका सामाग्री आयात हुँदै आएका छन् ।

भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि ५९ करोड ४६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २७ करोड राजश्व संकलन भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ५२ करोड संकलन गर्ने लक्ष्य राखिएको ४६ करोड संकलन भएको थियो ।

Himal dental
सम्बन्धित
Loading...