ghar sansar

रमेश लेखक आएपछि काँग्रेस संस्थापन इतरको भीमदत्त नगर नेतृत्वमा सहमति जुट्यो, राहुल भट्ट नगर सभापति, दिपेन्द्र विष्टलाई प्रदेशमा जिम्मेवारी दिइने

khasi

महेन्द्रनगर । पूर्व गुहमन्त्री रमेश लेखक आएपछि काँग्रेस इतरको भीमदत्त नगर अधिवेशनमा नेतृत्वमा सहमति जुटेको छ ।

काँग्रेस १५ औं महाधिवेशन अन्र्तगत मंगलबार १५ औं महाधिवेशनमा निवर्तमान उप सभापति दिपेन्द्र विष्ट, निवर्तमान सचिव राहुल भट्ट र सुरेन्द्र विष्टले नगर सभापतिमा उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी दर्तापछि मंगलबार साँझदेखि नगर सभापति, उप सभापति र सचिवमा सहमतिका लागि नेताहरुले छलफल अघि बढाएका थिए ।

बुधबार दिनभरि गरिएका छलफलपछि सभापतिमा सुरेन्द्र विष्टले उम्मेदवारी फिर्ता लिएका थिए । अर्का विष्ट र भट्टबीच सहमति हुन नसकेपछि बिहीबार विहान मतदान गर्ने गरी निर्वाचन तयारी थालिएको थियो ।

बिहीबार पूर्व गृहमन्त्री लेखक काठमाडौंबाट हिँडेपछि मतदान कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि बिहानै स्थगित गरिएको थियो ।

लेखक महेन्द्रनगर पुगेपछि महेन्द्रनगरस्थित निवासमा नेताहरुबीच छलफल भएपछि नगर सभापतिमा टुङ्गो लागेको हो । नगर सभापतिमा दुई उम्मेदवारमध्ये भट्टलाई नगर सभापति बनाउने गरी सहमति जुटेको नेताहरु बताउँछन् ।

लेखक सहित काँग्रेस जिल्ला सभापति पदम बोगटी, सचिव भीम भट्ट, क्षेत्रीय सभापति केशब चन्द लगायत नेताहरुबीच छलफल भएको थियो ।

सभापतिका अर्का उम्मेदवार विष्टलाई प्रदेश नेतृत्व दिने सहमति भएको नेताहरुको भनाई छ ।

dirghayi clinic

काँग्रेस १४ औं महाधिवेशनमा विष्ट र भट्ट दुबै लेखकको टीमबाट चुनाव लडेर निर्वाचित भएका थिए ।

मंगलबार लेखक आउन नसकेपछि निवर्तमान केन्द्रीय सदस्य एनपी साउँदले अधिवशन उद्घाटन गरेका थिए ।

लेखकको स्वर्गिय आमाको वार्षिकी भएकाले उनी नग अधिवेशन उद्घाटनमा आउन नसकेका हुन् ।

बिहीबार बिहान महेन्द्रनगर पुगेका लेखकले शुक्रबार काँग्रेस पार्टी कार्यालयमा क्षेत्रीय अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

काँग्रेस पार्टी कार्यालयमा काँग्रेस कञ्चनपुर ३ को क्षेत्रीय अधिवेशन हुन लागेको छ । क्षेत्रीय सभापति केशब चन्दले अधिवेशनको सबै तयारी भइ रहेको जानकारी दिए।

नगर सभापतिसंगै दुई उप सभापति निर्विरोध भएका छन् । उप सभापतिमा राज बहादुर विष्ट र मन्जु कार्की फर्सवान निर्विरोध भएका छन् ।

सबैभन्दा बढी उम्मेदवार भएको सचिवमा सहमतिको प्रयास जारी राखिएको छ ।

निर्वाचन समितिका पार्टी समन्वयकर्ता क्षेत्रीय सचिव उमेश जोशीले नगर समिति सर्वसम्मत चयन हुने बताए ।

‘नगर समिति सर्वसम्मत चयन हुन्छ, सचिवमा सहमति भएपछि घोषणा हुन्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...