ghar sansar

ग्राहक बनेर आएका भारतीय प्रहरीद्वारा दुई नेपाली पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । भारतीय प्रहरीले भीमदत्त नगरपालिका ९ ब्रह्मदेब नजिक रिगौनाबाट दुई नेपालीलाई पक्राउ गरेको छ । रिगौनास्थित खेल मैदान नजिक पसल भएका स्थानीय दिनेश रावत र अर्का ईश्वर पन्तलाई पक्राउ गरेको छ ।

स्थानीयका अनुसार बुधबार दिउँसो आफ्नै पससलमा भएका रावत र अर्का पन्तलाई भारतीय प्रहरीले ललाई फकाई आपनो भूमिमा लगेर पक्राउ गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

सशस्त्र प्रहरी स्रोतका अनुसार रावतको पसलमा आएका दुई भारतीय सादा पोशाकका प्रहरीले दिनभरी बसेर अन्तिमतिर भारततिरै लगेर पक्राउ गरेर भारततिरै लगेको जनाएको छ ।

‘त्यहाँ रावत जीको पसलमा दुई सादा पोशाकमा आएका भारतीयले ग्राहक बनेर रावत र पन्तलार्ई आफ्नोतिर बोलाएर लगे, ‘सशस्त्र प्रहरी स्रोतले भन्यो, ‘भारततिरै भूमिमा पु¥याएपछि गाडी मगाएर जिपमा हालेर लगेको सुनियो ।’

उनीहरुलाई चरेशको विषयमा पक्राउ गरिएको आशंका गरिएको छ । भीमदत्त नगरका स्थानीय युवा दिपेन्द्र सिह ऐरीले दुवै युवालाई नेपाली भूमि वा अन्यन्त्रबाट पक्राउ गरेको विषयमा एकिन हुनु पर्ने बताए ।

‘भारतीय सुरक्षाकर्मी नेपालमै आएर नेपाली नागरिक पक्राउ गर्न पाउँदैन, ‘उनले भने, ‘यो विषय सत्यतथ्य बाहिर आउनुपर्छ, दिन दाहादै नेपाली युवक पक्राउ गर्ने कार्य स्वीकार्य हुदैन ।’ कञ्चनपुरका प्रहरी प्रवक्ता प्रकाश डाँगीले दुई जना पक्राउ गरेको विषयमा थप भारतीय प्रहरीसंग बुझ्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...