ghar sansar

अवैध मेडिकल सञ्चालन गर्दै आएका भारतीय सहित दुई जना पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अवैध रुपमा औषधि पसल सञ्चालन गरि रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार ब्रहदेब र बडैपुरबाट उनीहरुलाई औषधि सहित पक्राउ गरेको हो ।

भीमदत्त नगरपालिका १३ बडैपुरबाट ३५ वर्षिय शान्तिरजन वैरागी पक्राउ गरिएका छन् । अवैध रुपमा मेडिकल सञ्चालन गरी वैरागीले उपचार गर्दै आएको प्रहरीको दावी छ ।

,orning glory badhai
dirghayi clinic

यसैगरी भीनपा ९ ब्रहदेबबाट भारतीय नागरिक गोकुल मण्डल (३९) छन् । भारतको नोदिया पोष्ट ग्राम ईटापुकुरका मण्डल औषधि कारोबारसंगै उपचार पनि गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकार भरतराज गिरीले अनाधिकृत रुपमा मेडिकल पसल सञ्चालन गरी औषधि बिक्रि वितरण तथा उपचार समेत गर्दै आएको सूचनाका आधारमा छापा हानेर उनीहरुलाई औषधि सहित पक्राउ गरिएको बताए ।

‘यस कार्यालय तथा मातहतबाट प्रहरी टोली खटी गई उक्त पसलहरुको रितपुर्बक खानतलासी गर्दा बिक्रीबिरतणको लागी राखिएको औषधीहरु तथा उपचार सामाग्रीहरु समेत बरामद हुन आएकोले निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको’ सूचना अधिकारी गिरीले भने ।

Himal dental
सम्बन्धित
Loading...