ghar sansar

मेलौलीमा यति ठूलो लापरवाही, मेयरलाई छैन मतलब

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्सरे सेवा बन्द गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर तथा मेडिकल अधिकृत सञ्जिन केसीले जानकारी दिए ।

एक्सरे बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको डाक्टर केसीले बताए। यसअघि एक्सरे मेसिन पारामेडिक्सहरुले सञ्चालन गरेको भए पनि पारामेडिक्सहरुलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्सरे सेवा बन्द गर्नु परेको हो ।

,orning glory badhai

उनले भने, ‘पहिले प्यारामेडिक्सहरुले जसोतसो एक्सरे सेवा दिइरहेका थियौँ तर एक्सरे मेसिन सम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन। योसम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पु¥याउँछ । त्यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ ।’

स्वास्थ्यको दृष्टिकोणले दक्ष जनशक्तिविना एक्सरे असुरक्षित रहेको र स्वास्थ्यलाई हानी गर्ने उनले बताए । उनले भने, ‘एक्सरे मेसिन सम्बन्धि ज्ञान नभइ सेवा दिँदा बिरामीलाई झन् खतरा हुन जान्छ, एक्सरे मेसिन सञ्चालनका लागि रेडियोग्राफर चाहिन्छ, रेडियोग्राफरको पदपूर्ति नहुँदासम्म सेवा बन्द रहन्छ ।’

dirghayi clinic

स्वास्थ्यकेन्द्रमा जनशक्ति नहुँदा एक्सरे सेवा बन्द भएकोबारे स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको मेलौली नगरपालिकालाई जानकारी गराइएको भए पनि कुनै सुनुवाई नभएको आरोप लागेको छ ।

जनशक्ति पदपूर्तिका लागि नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि स्वास्थ्य जस्तो सम्वेदनशील ठाउँलाई कुनै चासो नदिएको डा. केसीको भनाइ छ ।

यता मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण चन्दले भने नयाँ आर्थिक बर्षको बजेटमा जनशक्ति थप्ने तयारी भएको बताए ।

उनले भने, ‘एक्सरे सेवा बन्द रहेकोबारे जानकारी प्राप्त भएको छ। तत्काल केही गर्न सकिने अवस्था देखिँदैन, नयाँ आवमा जनशक्ति थपेर स्वास्थ्य सेवालाई सहज बनाउँछौं ।’

एक्सरे बन्द भएपछि बिरामी अन्यत्र जान बाध्य भएका छन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको सूचीकृत स्वास्थ्य संस्थासमेत भएकाले बीमा गरेका नागरिकलाई पनि समस्या हुने गरेको छ ।

स्वास्थ्य केन्द्रमा दैनिक ५÷६ जना एक्सरे गर्नका लागि आउने गरेका भए पनि उनीहरु सदरमुकाम, पाटन, डडेल्धुरा जान बाध्य भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...