ghar sansar

भारतीय एसएसबीको पोष्टमा सीमा सुरक्षा सम्बन्धि छलफल, सीमा क्षेत्रका समस्या छलफल गरी समाधान गर्न पर्नेमा जोड

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनीसित जोडिएको भारतीय सीमा सुरक्षा बल(एसएसबी) को पप्पुझाला पोष्टमा दुई देशका जनप्रनिधि र सीमा सुरक्षाकर्मीबीच सीमा सुरक्षा सम्बन्धि छलफल कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागी दुबै देशका जनप्रतिनिधि र सुरक्षाकर्मीले द्विदेशीय सम्बन्धलाई बलियो बनाउने गरी अघि बढ्नेमा जोड दिएका छन् ।

बडिमालिका समाज विकास नेपाल दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिकाको सहयोगमा गरेको कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उप मेयर गंगा जोशी, समाज सेवी राजीव खड्का, भारतका स्थानीय तहका प्रधानपञ्च, एसएसबीका सुरक्षा अधिकारी लगायतका सहभागी भएका छन् ।

,orning glory badhai

दोधारा चाँदनीका मेयर लिम्बुले कार्यक्रममा दुई देशबीच वर्षाैदेखि आपशी सम्बन्ध कायम रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ बलियो बनाएर जानु पर्नेमा जोड दिए ।

उनले सीमा क्षेत्रमा समान्य विषयलाई लिएर पनि विमति हुने भएकाले दुई देशका जनप्रतिनिधि र सुरक्षाकर्मी मिलेर समाधान गर्नु पर्ने बताए । दुई देशका स्थानीय प्रशासनले सीमा क्षेत्रका बिमतिलाई लिएर आपशी मनमुटान राख्न नहुने उल्लेख गर्दै एक आशपमा बसेर हल गर्नु पर्ने मेयर लिम्बुको भनाई थियो ।

dirghayi clinic

मेयर लिम्बुले सीमा क्षेत्रबाट हुने ओहोरदोहारलाई सहज बनाउन पनि भारतीय पक्षसित आग्रह गरे । ‘कहिलेकाँही सीमा क्षेत्रमा हैरानी भएका कुरा आउँछन्, यसमा तपाईहरु पनि संवेदशिन भई दिनु पर्छ’ उनले भने ।

कार्यक्रममा सहभागी भारतका प्रधानले नेपाल प्रवेश गरेका आफ्ना नागरिकलाई असुविधा हुनु नपर्नेमा जोड दिए । उनीहरुले नेपालमा हुँदा पनि भारतीय नागरिकले आफ्नै देशमा भएको अनुभूति गर्ने पर्ने बताए ।

कार्यक्रममा भानु बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजीव खड्काले दुबै देशले एक आपशमा समन्वय गरी समस्या हल गर्नु पर्ने बताए ।

भारतीय एसएसबीका अर्जुन कुमारले छलफलले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै आफ्नोबाट हुने कमी कमजोरी सच्याएर जाने प्रतिवद्धता व्यक्त गरे ।

बडीमालिका समाज विकास नेपालका अध्यक्ष पदम बहादुर सिहको अध्यक्षतामा कार्यक्रम गरिएको छ । उनले सीमा क्षेत्रका वासिन्दाबीच आपशी सद्भाव कायम राखेर वर्षौदेखिको सम्बन्धलाई थप बलियो बनाउन कार्यक्रम गरिएको बताए ।

कृष्ण समाज विकास नेपालका अध्यक्ष भुवन विहारी पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...