ghar sansar

सशस्त्रले यसरी बचायो जोगबुढामा फसेका पाँच बालबालिकाको ज्यान

little buddha academy
khasi

महेन्द्रनगर । सशस्त्र प्रहरी बलले जोगबुढा नदीको बाढीमा फसेका पाँच बालबालिकाको उद्धार गरेको छ । मंगलबार दिउँसो साढे १ बजेतिर गाई बाख्रा चराउन गएका दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका बालबालिका जोगबुढा नदीमा अचानक बाढी आएपछि बीचमै फसेका थिए।

dirghayi clinic

बडुवाल टोलकी १२ वर्षीया खुसी राना क्षेत्री, ९ वर्षीया सानु दमाई, ११ वर्षीया रोशनी सुनार, ९ वर्षीया भावना सुनार र १० वर्षीया मुस्कान दमाई नदीमा अचानक बाढी आएपछि अग्लो स्थानमा बसेका थिए।

,orning glory badhai

दोधारा चाँदनी नगरपालिका–३ स्थित मायापुरी जंगल नजिक नदीमा बालबालिका फसेको जानकारी पाएपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) भीम बहादुर चन्दको कमाण्डमा खटिएको १२ जनाको टोलीले बालबालिकाको उद्धार गरेको हो।

दिउसो करिब ३ बजे बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलको ३५ नं. गण कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जानकारी दिएका छन्। पछिल्ला केही दिन निरन्तर वर्षा भइरहेको छ। जोगबुढासँगै महाकाली नदीको जलस्तर पनि बढेको छ ।

Himal dental
सम्बन्धित
Loading...