ghar sansar

चार लेन पुलको पोखरीले किनारका वस्तीमा निम्त्याउन सक्छ यस्तो विपद्, सतर्कता अपनाउन वडा अध्यक्ष थापाको आग्रह

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले महाकाली नदीमा निर्माणाधिन पक्की पुलले किनारका वस्ती बाढीको उच्च जोखिममा भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले वडा विपद् व्यवस्थापन समितिसित गरेको कार्यक्रममा उनले भीमदत्त नगरपालिका ११, १२ र १३ नम्बर सबैभन्दा बढी जोखिममा भएको बताएका हुन् ।

‘पाँच दिन लगातार पानी परेपछि महाकाली बाढी ११, १२ र १३ मा पस्ने सबैभन्दा बढी खतरा छ, महाकाली नदीको किनारमा बनाएको पोखरीका कारण भुजेला खोला भएर पानी फर्किने खतरा छ’ उनले भने,‘त्यो बाढी कसरी रोक्न, प्रतिकार्य कसरी गर्ने भनेर अहिलेदेखि साथीहरु तयारी गर्न आग्रह गर्छु ।’

,orning glory badhai
dirghayi clinic

भीमदत्त नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका थापाले महाकाली प्रवाहलाई भुजेला खोलाले धान्न नसकेर बाढी वस्तीमा पस्ने निश्चित भएको उल्लेख गरे ।

वडा अध्यक्ष थापाले पक्की पुलको छेउमा पोखरी बनाउँदा महाकाली र भुजेला खोलाको प्रवाहलाई अध्ययन नगरी हचुवामा बनाइएको बताए । ‘नदीको च्यानेलाइज गरिएको छैन, प्रवाह के कस्तो हुने भन्ने केही सोचिएन’ उनले भने,‘अब यसको असर सबैभन्दा बढी हामी नदी किनारका वासिन्दाले भोग्नु पर्ने देखियो ।’

भीमदत्त नगरपालिकामा अध्ययन विना धमाधम संरचना निर्माण गरिएकाले बर्खामा जल उत्पन्न प्रकोपको सबैभन्दा बढी जोखिम देखिएको उनको भनाई थियो । भीमदत्तमा बाढी, डुबान, कटान, चटयाङ्ग, आगलागी लगायतका विपद्को जोखिम भएकाले सरकारी र गैर सरकारी सबै निकायले सहकार्य र समन्वय गरी अघि बढ्नु पर्नेमा अध्यक्ष थापाले जोड दिए ।

Himal dental
सम्बन्धित
Loading...