ghar sansar

भ्रष्टाचार मुद्दामा निलम्बित उप सचिव दार्चुलाको शैल्यशिखर नगरपालिकामा हाकिम

khasi

महेन्द्रनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दा लागेर बर्षदिनदेखि निलम्बनमा रहेका एक जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको छ ।

मन्त्रालयले बर्ष दिनदेखि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका उपसचिव पदमबहादुर बुढालाई दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको हो।

dirghayi clinic

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृतका रुपमा कार्यरत रहँदा उनी भ्रष्टाचार मुद्दामा डामिएका थिए। गत बर्ष भदौं २६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड बढी बिगो मागदाबी गर्दै उनीसहित अन्य १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यसरी भ्रष्टाचार मुद्दा दायर भएका कर्मचारी स्वत निलम्बनमा पर्दछन्। सामान्यले भ्रष्टाचार मुद्धामा डामिएका उनै बुढालाई दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको छ।

त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलाई समेत अख्तियारले भ्रष्टाचार मुद्दामा तानेपछि सामान्यले त्यहाँ नयाँ कार्यकारी त पठायो तर निलम्बनमा परिरहेका कर्मचारीलाई। अख्तियारले केही दिन अघिमात्र त्यहाँका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Himal dental
सम्बन्धित
Loading...