ghar sansar

बैतडीको दुर्गास्थानमा क्याम्पस सञ्चालनका लागि पहल, विद्यालयले भोलि बृहत भेला गर्दै

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिका–२ स्थित केदारेश्वर माध्यमिक विद्यालय दुर्गास्थानमा स्नातक तहसम्म पढाइका लागि आवश्यक पहल सुरु भएको छ ।

dirghayi clinic

सुदूरपश्चिमाञ्चल विश्वविद्याले भदौ १ गते सम्बन्धनका निवेदन पेश गर्ने सूचना जारी गरेपछि विद्यालयले आन्तरिक छलफलको तयारी थालेको हो । मलौली नगरपालिका, दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाको पायक पर्ने स्थान भएकाले पनि क्याम्पस सञ्चालनको लागि उपयुक्त रहेको विद्यालयको दाबी छ ।

,orning glory badhai

पायक पर्ने सबै ठाउँका अभिभावकहरुलाई यही भदौ ९ गते छलफलका लागि विद्यालयमा बोलाइएको छ । क्याम्पस सञ्चालनको लागि पायक पर्ने सबै ठाउका अभिभावकहरुलाई बोलाइएको प्रद्यानाध्यपक लक्ष्मण बागले बताए । ९ गतेको बृहत आम भेलाबाट आवश्यक निर्णय गरि अघि बढ्ने उनले बताए ।

क्याम्पस सञ्चालनको लागि कुनै एक संकाय सञ्चालन गर्न न्युनतम १५ लाख धरौटी बुझाउनु पर्ने, शिक्षकको सुनिश्चितता, भौतिक पूर्वाधारको उपलब्धता, सुपरिवेक्षक खर्च लगायतका प्रक्रिया पु¥याउनुपर्ने हुन्छ । सम्बन्धन गर्ने अधिकार विश्वविद्यालमा निहित हुने छ ।

Himal dental
सम्बन्धित
Loading...