
काँग्रेस संस्थापन इतर कञ्चनपुरको जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता साउँदले भने– १८ करोडमा पार्टी किनबेच भएको सुनेपछि आकाशबाट खसेजस्तै भयौ

महेन्द्रनगर । काँग्रेस नेता पूर्व मन्त्री एनपी साउँदले १८ करोडमा पार्टी किनबेच भएको सुनेपछि आफूहरुलाई आकाशबाट खसेको अनुभूति भएको बताएका छन् ।
काँग्रेस संस्थापन इतर कञ्चनपुरको १५ औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले काँग्रेसलाई कौडीको भाउमा किनबेच गरिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘यही बीचमा केही कुरा आएको छ, कसैले १६ लाख भन्छ, कसैले १८ करोड भन्छ, कसैले केही भन्छ, हामीले मञ्चमा यसरी आएर बोलेर आरोप लगाएको होइन्, कार्यक्रमका प्रमुख अतिथि साउँदले भने, ‘एक जना इनम भन्ने व्यक्तिलाई सरकारी र सम्पत्ति शुद्धिकरणको अनुसन्धानको शिलशिलामा सिआईबीको हिरासतमा राखेको छ, प्रहरी हिरासतमा राखेको मान्छेले दिएको बयान, प्रहरी हिरासतमा भनेको नि कानुन अनुसार अदालतमा पेश गर्न अघि अदालतको स्वीकृतिमा अनुसन्धानको प्रक्रियामा रहेको मान्छेले १८ करोडमा नेपाली काँग्रेसको आधिकारिताबारे पनि किनबेच भएको हो, व्यवस्थापन भएको हो, भन्ने कुरा भएपछि हामी त आकाशबाट खसेजस्ता भयौ ।’
राणा शासनदेखि २०४६ को जन आन्दोलनसम्म सबै आन्दोलन र क्रान्तिको नेतृत्व गरी देशमा शासन व्यवस्था परिवर्तन गर्ने काँग्रेसको मूल्य अहिले आएर १८ करोड हुन नसक्ने साउँदले उल्लेख गरे ।
काँग्रेस सभापति शेर बहादुर देउवाले केही दिन अघि १८ करोडमा पार्टी बिक्री गरिएको भन्दै गरेको भाषणलाई स्मरण गर्दै साउँदले देशमा परिवर्तनको नेतृत्व गर्ने पार्टीको महत्व कौडीको भाउ बनेको बताए ।

‘ओहो, यो पार्टी नेपाली काँग्रेस सात सालको क्रान्ति गरेको पार्टी, सोह्र सालमा दुई तिहाई ल्याएको पार्टी, पञ्चायत व्यवस्था विरुद्ध अठार सालमा सशस्त्र क्रान्ति ग¥यो, सत्ताईस अठाईसमा बिपी कोइरालाको नेतृत्वमा फेरि सशस्त्र क्रान्ति भयो, २०४६ को जन आन्दोलन गरी मुलुकमा यति चेन्ज ल्याउने पार्टीलाई कौडीको भाउमा, शेर बहादुर दाई अठार करोड भन्दै हुनु हुन्थ्यो, अब नेपाली काँग्रेसलाई यसरी हेर्न भयो, यसको महत्व हेर्नुू भयो भने यो १८ करोडको मात्रै हुन सक्दैन’ उनले भने ।
काँग्रेसले ८० वर्षसम्म क्रान्तिको नेतृत्व गरेको पार्टीलाई १८ करोडमा किनबेच भएका कुरा सर्वत्र आएको साउदले बताए ।
‘यत्रो क्रान्ति ८० वर्षदेखि लगातार सशस्त्र क्रान्ति गरेको पार्टीलाई कौडीको भाउमा किनबेच गर्ने कुरा आयो, तत्रयत्र आएका छन्, यो हामीले लगाएको आरोप होइन, यो बाहिर इनम सापकोटाको भिडियोमा बोलिएको कुरा हो’ उनले भने ।्
पार्टी आधिकारिकताका लागि १८ करोडको लेनदेन बाहिर आएपछि काँग्रेस पार्टी कार्यालय सानेपामा थुनिने डरले १० पटकसम्म बैठक बसेको साउँदले खुलाए ।
‘र तिनै साथीहरु जो विशेष महाधिवेशनमा नेतृत्वमा आएको भन्छन् उनीहरुले सानेपामा १० मिटिङ्ग गरेका छन्, थुन्छन् भनेर’ उनले भने ।
नेता साउँदले यस अघि आफूहरुले आरोप लाग्दैमा दोषी हुन नसक्ने भन्दा उनीहरुले दाग लागेका मान्छेलाई बोक्न नसक्ने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले भने, ‘हाम्रा साथी विरुद्ध पनि अख्तियार र प्रहरीमा उजुरी परेका थिए, हामीले त मुद्दा लाग्ने बित्तिक्कै दोषी भन्न सक्दैनौ, अदालतले प्रमाणित गरि सकेपछि अनि निर्दोष हो कि दोषी हो भन्ने कुरा स्थापित हुन्छ, भन्ने कुरा भनि सकेपछि विशेष अधिवेशनको नेतृत्व गर्ने साथीहरुले के भने कि होइन, दाग लागेका मान्छेलाई बोक्न सकिदैन, होइन दाग लागेको कुरा त अदालत भन्नु पर्ला नि, पुलिसले भन्नु पर्ला नि । सरकारका निकायले भन्नु् पर्ला नि भनि सकेपछि पार्टीबाट हटाउनु पर्छ, निलम्बन गर्नु पर्छ भनेर वहाँहरुले भन्नु भयो ।’
आफूहरुमाथि मुद्दा लाग्ने भएपछि उनीहरुले दुई अर्थ लाग्ने गरी काँग्रेस तयार भन्दै विज्ञप्ति निकालेको साउँदले बताए ।
‘अहिले सुनि राखेको छ, उनीहरुमा मुद्दा लागे के हुने हो दुई अर्थ लाग्ने हुन्छ । दुई अर्थ लाग्ने आन्दोलनको पनि अर्थ लाग्ने गरी काँग्रेस तयार छ वक्तव्य आइ रहेका छन्, ’ उनले भने, ‘के का लागि तयार हो, घोषणा नै नभएको निर्वाचनका लागि हो जस्तो त लाग्दैन, काँग्रेस तयार भन्नुको अर्थ आफ्ुनो तर्फबाट सरकारलाई दबाव दिएर, राज्यलाई दबाव दिएर यदि हामीलाई मुद्दा चलाइयो वा थुनछेक गराइयो भने त्यसको प्रतिकार गर्छौ भन्ने सेन्समा वहाँहरुले काम गरेको देखिन्छ । साथीहरुले अत्यन्तै प्रतिरक्षात्मक स्थितिमा पार्टीलाई पुगाई दिनु भएको छ, ठूलो क्षति गरि दिनु भएको छ ।’
