ghar sansar

प्याब्सन कञ्चनपुरद्वारा संघीय शिक्षा विधेयकका लागि सुझाव संकलन

little buddha academy
khasi

महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय संगठन( प्याब्सन) कञ्चनपुरले प्रस्तावित संघीय शिक्षा विधेयक सम्बन्धि सुुझाव संकलन गरिएको छ । प्याब्सन कञ्चनपुरले शनिबार महेन्द्रनगरमा जिल्ला भेला गरी शिक्षा विधेयक सम्बन्धि सदस्य विद्यालयबाट सुझाव दिएको छ ।

सरकारले प्रस्तावित शिक्षा विधेयक अघि बढाएपछि प्याब्सन लगायतका शिक्षासंग सम्बन्धि संस्थाथत र सामुदायिक विद्यालयका संगठनका आन्दोलित भएका थिए । चौतर्फी आन्दोलनपछि सरकार विधेयक अघि बढाउने अडान छाडेका थियो ।

,orning glory badhai

शिक्षा विधेयक तत्काल अघि बढाउने कार्य रोकिएपछि प्याब्सनले देशभर सुझाव संकलनका लागि सुरु गरेको कार्यक्रम अन्र्तगत शनिबार कञ्चनपुरमा सुझाव संकलन गरिएको प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले बताए ।

‘विधेकय विरुद्ध देशभर आन्दोलन भयो, अहिले पनि हामी आन्दोलनमै छौ, सरकारले तत्काल विधेयक रोक्ने प्रतिवद्धता गरेपछि प्याब्सनले देशभर यसबारे सुझाव संकलन गरि रहेको , त्यस अनुसार कञ्चनपुरमा पनि सदस्य विद्यालयसित विधेयका राम्रो नराम्रा कुृराको छलफल गरी सुझाव लिएका छौ ।’

प्याब्सन अध्यक्ष भट्टले जिल्लाका सबै पालिकाको समूहगत छलफल गरी सुझाव लिइएको जानकारी दिए । सबै पालिकाबाट आएका सुझावलाई एकीकृत गरी प्याब्सन केन्द्रीय समितिलाई बुझाईने अध्यक्ष भट्टको भनाई छ ।

भेलामा प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, उपाध्यक्ष टि.आर. ढकाल सहित केन्द्र, प्रदेश, जिल्ला र पालिका स्तरीय समितिका पदाधिकारी र सदस्य सहभागी भएका छन् ।

शिक्षा विधेयकमा सुझाव अघि उद्घाटन सत्रमा वक्ताहरुले सरकार संस्थागत विद्यालयको योगदान र भूमिकालाई बिर्सेर अघि बढेको गुनासो गरे ।

dirghayi clinic

प्याब्सनका केन्द्रीय सल्लाहकार चन्दले शिक्षा विधेयक संविधान, ऐन कानुन कुनै पनि रुपमा सही नभएको बताए ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष ढकालले शिक्षण संस्थालाई शैक्षिक गुठीमा लैजाने विषयमा सरकार लचिलो बन्नु पर्ने धारण राखे ।

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा केन्द्रीय सल्लाहकार चन्द प्रमुख अतिथि थिए ।

प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्रराज ओझाले भेलाको औचित्यबारे जानकारी गराए ।

भेलामा प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम चन्द, पूर्व केन्द्रीय सदस्यहरु रुद्रराज पनेरु, वसन्तराज पाण्डेय, प्याब्सन सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, उपाध्यक्ष केशवराज जोशी, कोषाध्यक्ष भवान सिह विष्ट लगायतका सहभागी भएका छन् ।

प्याब्सनले भेला आयोजनाका लागि उपाध्यक्ष महादेब भट्टको संयोजकत्वमा समिति बनाएको थियो । संयोजक भट्टले भेलाबाट आएका सुझावका आधारमा केन्द्रीय प्याब्सनले विधेयक विरुद्ध धारणा बनाउन सहयोग पुग्ने बताए ।

प्याब्सन कञ्चनपुरका सचिव राकेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरेका थिए । 

भेलापछि अञ्चल बाल अनाथालयका बालबालिकालाई साँझ खाना खुवाउने कार्यक्रम राखिएको प्याब्सन कञ्चनपुरका कोषाध्यक्ष केशवराज जोशीले जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...