ghar sansar

कञ्चनपुरमा अनिश्चितकाल शिक्षण संस्था बन्द

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवा स्थित सिद्धनाथ माध्यामिक विद्यालयका शिक्षक बिरेन्द्र प्रशाद जोशीमाथि भएको कुटपिट घट्नालाई दिएर जिल्लाका सबै शिक्षण संस्थामा अनिश्चितकालका लागि बन्द भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक संगठनहरुले आइतबार भीमदत्त नगरपालिकामा अनिश्चितकालिन बन्द घोषणा गरेको अर्को दिन सामेबारदेखि जिल्लाभर बन्द गरिएका छन् ।

शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै शिक्षक जोशीमाथि हतकडी सहित प्रहरी घेरामा रहेका शिक्षकमाथि मरणाशन्न हुने गरी कुटपिट गर्नेमाथि कार्बाही नगरिएको भन्दै सोमबारदेखि आन्दोलन घोषणा गरेको हो ।

,orning glory badhai

नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष एव नेपाल शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सयोजक बिरेन्द्र भण्डारीले विद्यालय हाताभित्र प्रहरी आएर हतकडी लगाउने, हतकडी लगाएपनि कुटपिट गर्न दिएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको बताए ।

उनले शिक्षक जोशीमाथि ३ भदौँमा भएको कुटपिट घटनाको न्यायिक छानबिन गर्न उच्च स्तरिय छानबिन समिति गठन गर्नु पर्ने, कुटपिटमा संलग्न सबैलाई पक्राउ गरी कार्बाही गर्नुपर्ने, घाईते शिक्षक जोशीको उपचार राज्यले गर्नुपर्ने घटनामा संलग्न भएका प्रहरी निरीक्षक सिताराम विष्ट सहितका प्रहरीमाथि कार्बाहीको माग अघि सारेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।

dirghayi clinic

जिल्लाभरीका विद्यालय बन्द गरेर सोही दिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना बजारमा ¥याली सहित साँझ समिक्षा गरेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने संयोजक भण्डारीले बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक बेद प्रकाश उपाध्यायले शिक्षक जोशीमाथि प्रहरी घेराभित्रै मरणाशन्न हुने गरी कुटपिट निन्दनिय भएको बताए ।  ‘यो हाम्रो बाध्यता हो, ‘उनले भने रहर होईन ।’

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष एव शिक्षक महासंघ जिल्ला स्तरिय आन्दोलन परिचालन समितिका सह संयोजक गोबिन्द बहादुर ढाँटले यस अघि नै घटनामा संलग्न अधिकारी तथा दोषिलाई कार्बाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई अल्टिमेटम समेत दिएको वेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको बुझिन्छ ।

‘हाम्रो आन्दोलनप्रति सम्बद्ध पक्षले वेवास्ता गरे फेरि प्रदेश हुँदै हामी राष्ट्रव्यापी रुपमा अघि बढाउँछौँ, ‘उनले भने, ‘शिक्षक संघ संगठनको आवाज समयमै प्रहरी प्रशासनले सुनोस ।’

नेपाल शिक्षक संघका नेता नविन सिह धामीले शिक्षकमाथि अपराधी भन्दा पनि निकृष्ठ व्यवहार भएको प्रहरीकै घेराभित्र रहेका शिक्षक कुटपिट हुनु कानुनी राज्यको उपहास भएको बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता उत्तम विष्टले समेत निहत्था शिक्षकमाथि प्रहरी घेरामै कुटपिट हुन निन्दनिय भएको कतै कुटपिटमा संलग्न प्रहरी नै भएकाले छानबिन गर्नुपर्ने बताए । उनले प्याब्सन एन प्याब्सन कञ्चनपुरले समेत सर्मथन जनाएको बताए ।

Himal dental
सम्बन्धित
Loading...