ghar sansar

दोधारा चाँदनी आएर के गर्दैछन् डा.गोबिन्द केसी

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । दोधारा चाँदनीमा डा.गोबिन्द केसीले तीनदिन स्वास्थ्य सेवा दिन सुरु गरेका छन् । आईतवारदेखि दोधारा–चाँदनी अस्पतालले आयोजना गर्ने ३ दिने स्वास्थ्य शिबिरमा डा. केसीले निशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेका छन् ।

दोधारा–चाँदनी अस्पतालमा हाल डा. केसीसंगै नगर अस्पतालमा कार्यरत डा. पवन शाह, जयानन्द प्रशाद शाह, आशिक मन्सुरी सहितका चिकित्सक तथा स्वास्थ्यकर्मीले समेत नियमित ओपिडी मार्फत स्वास्थ्य सेवा दिदै आएका छन ।

,orning glory badhai

दोधारा–चाँदनी नगरपालिका —६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेतले अर्थोपेडिक सर्जन हार्डजोर्नी तथा नसा रोग विषेशज्ञ डा. केसीले निःशुल्क परामर्स सेवा दिने बताउदै विशेषज्ञ सहितको स्वास्थ्य शिबिरमा हजारौँ स्थानीय लाभान्वित हुने अध्यक्ष बस्नेतको भनाई रहेको छ ।

डाक्टर केसीले बिरामीलाई निःशुल्क जाँच तथा परामर्श दिने र गरिव विपन्नलाई आफैले बोकेर ल्याएको औषधि समेत निःशुल्क प्रदान गरिरहेका छन ।उलले विशेष गरी दिर्घकालिन हाडजोर्र्नी तथा नशा सम्बन्धि समस्या भएका विरामिलाई लाई परामर्श तथा औषधि वितरण गरिरहेका हुन ।

dirghayi clinic

दोधारा चादनी अस्पतालको आयोजनामा र वडा नम्वर ९ का अध्यक्ष ओम वस्नेतको पहलमा थालिएको स्ववास्थ्य शिबिरमा हाड जोर्नी समस्या भएकाहरुका लागी गाउघरमै निशुल्क उपचार र परामर्श पाउदा खुसी लागेकोभन्दै डा. केसिले सहज रुपमा परामर्श दिईरहेका र स्वास्थ्य सिविर वाट हजारौ विरामी लाभान्वित भएको उपचारमा आएका विरामिले बताएका छन ।

राज्यले चिकित्सा स्वास्थ्यमा गरेका दुर दराजका जनतालाई अझैपनी स्वास्थ्य शिक्षा वाट उपेक्षित गरिएका क्षेत्रमा गरिव जनताका छोरा छोरीले पाउनु पर्ने नैशर्गिक अधिकार वाट वन्चित गराएको अवस्थामा आफुले सरकारलाई वारम्वार स्त्याग्रह मार्फत माग गर्दा पनी मागको सुनवाई गर्न नसकिरहेको अवस्था रहेको भन्दै सरकारले चिकित्सा क्षेत्रलाई मेडिकल माफिया लाई सुम्पेको उहाको भनाई रहेको छ ।

आफु ले वारम्वार मेडिकल मापmियाका विरुद्ध पटक पटक सत्याग्रह गर्दा समेत कुनै सरकारले चासो नदेखाएको भन्दै भाद्र २९ गते देखि मेडिकल माफिया विरुद्ध सत्याग्रह गर्ने वताए ।

दोधाराचाँदनी नगरपालिका —६ का वडाध्यक्ष एव नगर अस्पतालका अध्यक्ष ओम बस्नेत अस्पतालको अध्यक्ष भएपछि अस्पतालमा २ वटा एम्बुलेन्स, १ जना विशेषज्ञ डाक्टर सहित ३ जना ले दैनिक सेवा दिईरहेका छन भने प्रसुति सेवा समेत सञ्चालनमा आएको छ । त्यस्तै १० वटा बेड सहित ओपिडि सेवा का साथै रेविज खोपको समेत व्यवस्थापन गरिएको छ।

  

Himal dental
सम्बन्धित
Loading...