ghar sansar

कञ्चनपुरको तिलाचौरमा धुमधामसंग मनाइयो बिसरती, रातभर देउडा खेलियो, भारतीय सीमावर्ती सहरबाट पनि आए मेला हेर्न

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको बझाङमा मात्र धुमधामसंग मनाईने विसरती पर्व केही वर्ष यता भीमदत्त नगरपालिका– ८ तिलाचौरमा समेत मनाईने गरिएको छ । भाद्र महिनामा मनाईने यो पर्व ३ दिन सम्म चल्ने गर्दछ भने भाद्र २० गतेका दिनमा मुख्य दिनका रुपमा मनाईने गरिन्छ ।

दुर्गा भवानीले महिसाशुर दानवलाई वध गरेको खुसियालीमा बझाङी समुदायले विरिती पर्व मनाउने चलन छ । बडा दशैका बेला दुर्गा भवानीले महिसाशुर दानवको वध गरेको किवदन्ती रहेपनी बझाङी समुदायले भने प्रत्येक वर्ष माघ १६, फागुन १६ र भाद्र २० गतेका दिन दुर्गाभवानीको विशेष पुजा अर्चना गरी विसरती पर्व मनाउने गरेको संस्कृति संरक्षक लाल बहादुर थापाले बताए ।

,orning glory badhai

माघ १६ गते महिसाशुरको छाती चिर्ने भन्दै सल्लाको काठको लाकुडी बनाएर मन्दिरको छेउमा गाड्ने चलन छ भने फागुन १६ गते महिसाशुर दानवको टाउकाको भकुण्डो खेल्ने भन्दै गोरुको छालाको भकुण्डो बनाएर खेल्ने चलन छ । सबै ठाउबाट देवीले महिशासुर दानवबाट मुक्त गरेको खुसियालीका रुपमा हरेक वर्ष भदौ २० गते विसरती पर्व मनाउने गरिएको स्थानिय तथा विसरती मेला संयोजक नारायण मिश्रले बताए ।

dirghayi clinic

पर्वमा रातभर जाग्राम वसेर महिला तथा पुरुषले देउडा, ठाडिभाका लगायतका खेल खेल्ने गर्दछन । पहिले पहिले बझाङ बासीले मात्रै मनाउँदै आएको यो पर्व पछिल्लो समय सुदुरपश्चिमका अधिकांस जिल्लावासी मात्र नभई सिमावर्ती भारतीय सहरबाट सहभागी भई खुसियालिका साथ मनाउने गरेको पदम बहादुर बम बताउछन ।

जत्रामा भगवती मन्दिरबाट निस्केको टोलीमा अगाडि – अगाडि देवीरुप काम्दै जान्छन भने पछाडि –पछाडि महिला र पुरुषको टोलीले भारी गाथा ‘चाभाई–चाभाई‘ गाउने गर्दछन ।

यस पर्वको अवसर पारेर घरवाट टाढा टाढा रहेका हरु समेत देवीलाई पुज्न भन्दै अनिवार्य रुपमा घर पुग्ने गर्दछन भने पर्वका माध्यमले आफन्त ईष्टमित्र संग समेत भेटघाट हुने भएकाले समुदायमा यस पर्वलाई दशै तिहार भन्दा पनी महत्वका साथ लिने गरेको पाईन्छ ।

विशेष गरी बझाङबाट बसाई सराई गरी कञ्चनपुर आएकाले आफ्नो पुख्र्यौली थलोको सम्झनामा समेत यो पर्व मनाईने गरिएको स्थानिय अफिलाल जोशीको भनाई रहेको छ ।

विगतमा सिमित क्षेत्रमा मात्रै मनाईने बिसरती पर्व पछिल्लो समय पर्वको लोकप्रयताले धार्मिक शहिष्णुता , भाईचारा र परम्परागत मौलिक संस्कृतीको जगेर्ना गर्नसमेत मद्यत पुगेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...