ghar sansar

बाल संगठनले यसरी मनायो बाल दिवस

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल बाल संगठन बाल मन्दिर कञ्चनपुरले बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवस मनाएको छ । बाल दिवसको अवसरमा प्रभातफेरि, कविता वाचन, पोशाक वितरण लगायतका कार्यक्रम गरिएका छन् ।

महेन्द्रनगर बजार क्षेत्रमा विहान प्रभातफेरि गरी बाल मन्दिरको सभा कक्षमा अन्य कार्यक्रम गरिएको बाल दिवस सञ्चालन कार्यक्रमका संयोजक गणेश सिह ऐरीले जानकारी दिए ।

,orning glory badhai

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कविता वाचन कार्यक्रम गरेको छ । कविता वाचन प्रतियोगितामा जिल्लाभरका विभिन्न विद्यालयमा १२ विद्यार्थीले भाग लिएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चँैथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई नगद सहित प्रमाण पत्र वितरण गरिएको छ ।

बाल संगठन कञ्चनपुरका सभापति राम बहादुर बुडाको सभापतित्वमा गरिएको कार्यक्रममा समन्वय प्रमुख बोहरा सहित शारदा विधापिठ महेन्द्रनगरका सहायक प्राचार्य हरि प्रसाद खतिवडा, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामी, गैर सरकारी संस्था महासंघ कञ्चनपुरका प्रतिनिधि महेश भट्ट, प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष रमेश पन्त “मितबन्धु“, प्याब्सन कञ्चनपुरका सचिव राकेश चन्द लगायतका शिक्षक, विद्यार्थी, अभिभावक सहभागी भएका छन् ।

dirghayi clinic

कार्यक्रममा बाल संगठनले विभिन्न विद्यालयमा अध्ययनरत ६ जना अनाथ असहाय बालबालिकालाई विद्यालय पोशाक प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समन्वय समिति प्रमुख बोहराले बाल बालिका देश विकासको कर्णधार भएकाले सरकारले विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

बाल संगठन कञ्चनपुरका अध्यक्ष बुडाले बाल अधिकार हकहित र संरक्षणका लागि संगठनले आवाज उठाउँदै आएको उल्लेख गर्दैै बालबालिकामाथि हुने कुनै पनि हिंसा सह्य नहुने बताए ।

बाल संगठनका सचिव दीर्घराज भट्टले स्वागत मन्तव्य राखेको कार्यक्रममा संगठनका उप सभापति उमेश पाण्डेय, कार्य समिति सदस्यहरु कमल रोकाया, नितेश रावल लगायतका सहभागी थिए । बाल संगठनका सदस्य तथा कार्यक्रम संयोजक गणेश ऐरीले कार्यक्रम सञ्चालन गरे ।

 

Himal dental
सम्बन्धित
Loading...