ghar sansar

भीमदत्तमा नदीजन्य पदार्थको उत्खनन अनिश्चितकाल रोक्का

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन कार्यलाई रोक लगाएको छ । नगरपालिकाले मंगलबार सार्वजनिक सूचना गरी आफ्नो क्षेत्रभित्रका सबै नदी तथा खोलामा अर्को निर्णय नभएसम्मका नदीजन्य पदार्थ उत्खनन, संकलन र वितरणमा रोक लगाएको हो ।

महाकाली नदीमा ठेक्का नगरी अमानतबाट राजश्व संकलन गरिएको भन्दै व्यापक विरोध भएपछि नगरपालिका रोक लगाउने निर्णय गरेको छ । भीमदत्तका कार्यपालिका सदस्यले अमानतबाट राजश्व संकलनको विरोध गरेका थिए ।

,orning glory badhai

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले नदीजन्तय पदार्थ उत्खनन, संकलन र वितरणका लागि ठेक्का बन्दोवस्तीका लागि केही समय लाग्ने भएकाले अर्को निर्णय नभएसम्मका लागि रोक लगाउने निर्णय सार्वजनिक गरेका छन् ।

dirghayi clinic

उनले सूचनामा महाकाली नदीको वातावरणी प्रभाव मूल्याङ्कन(इआए) सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयमा अध्ययनका क्रममा रहेको तथा अन्य खोलाको आइई संशोधनका क्रममा भएकाले ठेक्का बन्दोवस्ती गर्न समय लाग्ने उल्लेख गरिएको छ ।

भीमदत्त नगरपालिकाले गत फागुनमा महाकाली नदीको इआएका लागि सार्वजनिक सूचना गरी परामर्शदाता नियुक्त गरेको थियो । परामर्शदाताले दुई महिना अघि मन्त्रालयमा बुझाएको प्रतिवेदन स्वीकृत नभएर ठेक्का लगाउन नसकिएको हो ।

मन्त्रालयका सचिव सरुवा भएकाले इआएर प्रतिवेदन स्वीकृत हुन ढिलाई हुन सक्ने नगरपालिकाका अधिकारीहरु बताउँछन् ।

रोयल्टी ठेक्का अमानतामा लगाएको भन्दै विरोध भएपछि सोमबार भीमदत्तका मेयर पदम बोगटी र प्रमुख प्रशासकीय अधिकृत गौली सहित कर्मचारी मन्त्रालय पुगेका थिए ।

Himal dental
सम्बन्धित
Loading...