ghar sansar

बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने खड्का पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी अहेब नरेन्द्रप्रसाद गैरेमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेको जानकारी दिएका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात भएको कुरा उठाएका थिए । उक्त घटना गम्भीर भएकाले तत्काल गृह मन्त्रालय प्रशासनले कारबाही गर्नुपर्ने माग गरेका थिए ।

,orning glory badhai
dirghayi clinic

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समिति कक्षबाटै कञ्चनपुरको प्रहरी नेतृत्वसँग कुरा गरेर उक्त घटनाबारे जानकारी लिएका थिए ।

त्यसपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले उक्त घटनामा संलग्न गैरेमाथि आक्रमण गर्ने बेलौरी नगरपालिका गोकुलपुरका रामबहादुर खड्का पक्राउ परिसकेको जानकारी दिए ।

साइकलबाट लडेर आँखा र टाउकोमा चोट लागेका बेलौरीका बाबुराम चौधरी मंगलबार राति स्वास्थ्यचौकीमा पुगेका थिए । सो क्रममा खड्काले उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...