ghar sansar

दोधारा चाँदनीको अनियमित विद्युत समस्या हटाउन कुलमानलाई गुहारेर लिम्बुले ल्याए डेढ करोड बजेट

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका वासिन्दाले वर्षौैदेखि भोग्दै आएको विद्युत अनियमित समस्या हट्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सब स्टेशनबाट अर्को फिडर जडान गरी वर्षौदेखिको विद्युत अनियमित समस्या हटाउन लागेको हो ।

प्राधिकरणले फिडर जडाका लागि यस वर्ष एक करोड ६० लाख रुपैँया छुटयाएको छ । सब स्टेशनको एउटै फिडरबाट विद्युत वितरण भएकाले दोधारा चाँदनीका वासिन्दाले विद्युत अनियमित समस्या झेल्दै आएका छन् ।

,orning glory badhai

स्थानीयका अनुसार विद्युत आउने जाने, डिम लाइट दिने र धेरै दिनसम्म विद्युत नआउने लगायतका समस्या छन् । अहिले एक ठाउँमा विद्युत समस्या आउँदा नगरपालिका सबै स्थानीय अँध्यारोमा बस्नु पर्ने बाध्यतामा छन् ।

दोधारा नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विद्युत अनियमित समस्या हटाउनका लागि विद्युत प्राधिकरणसम्म पुगेर बजेट विनियोजन गरिएको बताए ।

‘दोधारा चाँदनीमा विद्युतको समस्या आजको होइन, वर्षौैदेखि छ, एक ठाउँमा केही खराबी भयो भने पनि पूरै नगरपालिका बत्ती जान्छ, कहिले त हप्ता दिनसम्म पनि गाको छ’ उनले भने,‘यो सब फिडरका कारण हो, एउटै फिडर छ, त्यसमा कही समस्या आउँदा जम्मै जान्छ’ उनले भने,‘यस वर्ष फिडर जडानका लागि बजेट आएको छ, त्यसपछि मात्रै विद्युत समस्या समाधान हुन्छ ।’

स्थानीय तह निर्वाचनमा निर्वाचित भएपछि मेयर लिम्बुले विद्युत समस्या समाधानका लागि प्राधिकरणका निर्देशक कुलमान घिसिङ्गलाई भेटेर समस्या राखेका थिए । त्यसपछि कार्यकारी निर्देशक घिसिङ्गले अर्को फिडर जडानका लागि बजेट दिएका छन् ।

dirghayi clinic

‘दुई ओटा फिडर भएपछि चाँदनीतिर खराबी भयो भए दोधारातिर त बत्ती हुन्छ, मेयर लिम्बुले भने,‘दुबैतिर बत्ती जाने कुरा हुँदैन ।’

मेयर लिम्बुले दोधारा चाँदनीको सब स्टेशनमा ५ किलोभोल्ट क्षमताको ट्रान्सरफरको सट्टा ८ किलोभोल्टको राखिने बताए । उनले नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रसित यस विषयमा कुराकानी पनि भएको बताए ।

दोधारा चाँदनीमा विद्युत प्राधिकरणको फ्युज शाखा छ । फ्युज शाखाका कर्मचारीहरुले एउटै फिडर र लोड धान्न नसकेर विद्युत अनियमित हुने गरेको बताए ।

दोधारा चाँदनी नगरपालिका स्थानीय एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति पुरन कुमालले स्थानीयले विद्युत अनियमितको समस्याले धेरै सास्ती खेप्नु परेको बताए । ‘विद्युतको धेरै ठूलो समस्या छ, राति १० बजेपछि बत्ती विहान ७ बजे मात्रै आउँछ’ उनले भने ।

नगर सभापति कुमालले नगरपालिकाको नेतृत्वले विद्युत समस्यालाई प्राथमिकता दिएर हल गर्नु पर्ने बताए ।

यस अघि २०७४ मा विद्युत अनियमित समस्या समाधान गर्न फिडर जडान सहितका कार्यका लागि ठेक्का भएको थियो । स्थानीयले चवन्नी बजारमा ठेकेदारलाई काम गर्न नदिएपछि रोकिएको थियो । मेयर लिम्बुले अलपत्र परेको कामलाई निरन्तरता दिन पटक पटक प्रयास गरेका थिए ।

दोधारा चाँदनी नगरपालिकाकाको ४२ हजार जनसंख्या छ । २०७१ मा साविक चाँदनी र दोधारा गाविस मिलाएर नगरपालिका बनाइएको हो । महाकाली नदी पारीको नगर भनेर चिनिने दोधारा चाँदनीमा पञ्चायतकालमा विद्युत सेवा पुगेको थियो ।

Himal dental
सम्बन्धित
Loading...