ghar sansar

दुई महिनासम्म चुपचाप बसेको वन कार्यालय कसरी भयो वडा अध्यक्ष चौधरीलाई पक्राउ गर्न बाध्य ?

little buddha academy
khasi

महेन्द्रनगर । झण्डै दुई महिना साउन १३ गते वडा कार्यालयका अगुवाईमा बेलौरी उद्योग वाणिज्य संघ, स्थानीय जनप्रतिनिधि, बेलौरी बजारका व्यापारी, विभिन्न संघसंस्था, राजनीतिक दल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागिता छोटी भन्सार कार्यालय परिसर सरसफाई गरिएको थियो ।

सुरक्षाकर्मी सहितको सहभागिता गरिएको सरसफाई कार्यक्रमका क्रममा केही केही सिमल र जामुनका रुख काटिएका थिए । झाडीका ती रुख काट्न अनुमति नलिएको आरोपमा वडा अध्यक्ष भोजराज चौधरी झण्डै दुई महिनापछि पक्राउ गरिएका छन् ।

,orning glory badhai

एमालेबाट निर्वाचित वडा अध्यक्ष चौधरी विरुद्ध केही दिन परेको उजुरीका आधारमा आइतबार पक्राउ गरिएको छ । सरसफाई गरिएको लामो समयपछि वडा अध्यक्ष चौधरी पक्राउ गरिएको घट्नालाई शंकास्पद रुपमा हेर्न थालिएको छ ।
बेलौरीका केही स्थानीयले चौधरी राजनीतिक प्रतिशोध साँध्नका लागि पक्राउ गराएको हुन सक्ने बताएका छन् ।

‘रुख काटिएको भए वन कार्यालय दुई महिनासम्म चुप लागेर बस्न सक्छ’ सरसफाइमा सहभागी एक व्यवसायीले भने,‘यो सब राजनीतिक रुपमा भएको हो, नत्र यतिका दिनपछि पक्राउ पर्ने भन्ने कुरा नै हुँदैन ।’

सरसरफाई सकिएको लामो समयपछि वडा अध्यक्ष चौधरी पक्राउको घट्नालाई डिभिजन वन कार्यालय उजुरीका आधारमा पक्राउ गरिएको भन्ने अन्य जवाफ दिन सकेको छैन ।

बेलौरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिन उपचारका क्रममा अहेव नरेन्द्र गैरैलाई मध्यराति काँग्रेसको तरुण दलका नेता राम खड्का सहितले हातपात गरे । स्वास्थ्यकर्मी गैरले खड्का विरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता गरेका छन् । प्रहरीले पक्राउ गरेपछि खड्कालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भई रहेको छ ।

खड्का पक्राउ पर्न अघि नेपाली काँग्रेसको क्षेत्रीय समितिका सभापति गोपी प्रसाद उपाध्यय, नगर सभापति पेपुलाल चौधरी सहितले प्रकाशित विज्ञप्तिमा स्वास्थ्य केन्द्रको समान्य घट्नालाई राजनीतिकरण गरी खड्कालाई पक्राउका दबाव सिर्जना गर्न खोजिएको उल्लेख गरिएको थियो ।

विज्ञप्तिमा स्वास्थ्यकर्मी गैरेमाथि हातपात प्रकरणलाई राजनीतिकरण गर्ने दलको नाम भने उल्लेख गरिएको थिएन ।
स्थानीयका अनुसार काँग्रेस नेताले एमालेलाई लक्षित गरी स्वास्थ्यकर्मी गैरको घट्ना राजनीतिकरण गरिएको आशय व्यक्त गरेका थिए ।

काँग्रेस र माओवादी केन्द्र दुबै सत्ता गठबन्धनमा भएकाले काँग्रेसको राजनीतिकरण गरिएको विज्ञप्तिले आए लगत्तै एमालेलाई पोलेको सर्वत्र अनुमान गरिएको थियो ।

dirghayi clinic

अहिले वडा अध्यक्ष चौधरी रुख कटान आरोपमा झण्डै दुई महिनापछि पक्राउ परेपछि स्वास्थ्यकर्मी हातपात प्रकरणसित जोडेर हेर्न थालिएको छ ।

स्वास्थ्यकर्मी हातपात प्रकरणमा आफ्नो कार्यकर्ता पक्राउ गरिएको प्रतिशोध साँध्न रुख कटानलाई मुद्दा बनाएर पक्राउ गर्न लगाएको हुन सक्ने स्थानीय आशंका व्यक्त गर्छन् ।

‘ठयाक्कै यही हो त भन्न सकिदैन, तर अहिले यी दुई घट्नाको प्रकृतिले त्यो आशंका गर्न सकिन्छ’ सरसफाई कार्यक्रममा सहभागी ती व्यवसायीले भने,‘नत्र त्यो बेला अरु पनि छन्, सबैलाई समात्नु पर्ने हो, वडा अध्यक्ष मात्रै पक्राउ गर्न पर्ने त होइन नि ।’

एमालेले अझैसम्म यसबारे आफ्नो धारणा बाहिर ल्याएको छैन् । सामाजिक सञ्जालमा एमालेका कार्यकर्ताले भने गलत समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशमा काँग्रेस नेतृत्वको सरकार छ । माओवादी केन्द्र सहित नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छन् ।

प्रदेश सरकारको नेतृत्वसम्म दबाव दिएर वडा अध्यक्ष चौधरीलाई पक्राउ गरिएको हुन सक्ने आशंका स्थानीयले गरेका छन् । अवैध रुपमा रुख कटान गरिएको भए अहिलेसम्म पक्राउ नगरी चुपचाप बस्न नहुने उनीहरुको भनाई छ ।

छोटी भन्सार कार्यालयका झाडी देखाएर कर्मचारीले बस्न नमानेपछि वडा अध्यक्ष चौधरीको पहलमा सरसफाई गरिएको थियो । भन्सारको तीन बिगाहा १३ कट्टा जमिन छ । भन्सार बन्द हुँदा तीन भवन जीर्ण हुन पुगेका छन् ।

बेलौरी भन्सार सञ्चालनका लागि स्थानीय केशवराज जोशीले निरन्तर खबरदारी गर्दै आएका छन् । भन्सार विभागले ६ वर्षदेखि कैलाली भन्सार मातहत पुगाएको यस भन्सारमा गत वर्ष बैशाखदेखि तालाबन्दी गरिएको थियो ।

डिभिजन वनले हिरासतमा राखेर चौधरीमाथि अनुसन्धान अघि बढाएको छ । डिभिजन वन कार्यालय स्रोतका अनुसार उनीमाथि अनुमति नलिई रुख कटान गरेको आरोपमा अनुुसन्धान गरिने भएको छ ।

डिभिजन वन कार्यालयमा नयाँ प्रमुख भीम प्रसाद कँडेल आएपछि पहिलो पटक अवैध काठ कटान आरोपमा जनप्रतिनिधि पक्राउ गरिएका छन् । कँडेल गत महिना मात्रै बैतडीमा डिभिजन प्रमुख भएर आएका हुन् ।

यस अघि डिभिजन वन कार्यालयका तत्कालिन प्रमुख शम्भु प्रसाद तिवारीले राजनीतिक दबाव अस्वीकार गरी वन संरक्षणका कार्यक्रम थालेपछि उनी सत्ता सत्ता र प्रतिपक्षी दुबै दलको निशानामा परेका थिए । सत्ता गठबन्धनका काँग्रेस र माओवादी तिवारीलाई जसरी पनि हटाउनु पर्ने लबिङ्गमा लागेका थिए ।

Himal dental
सम्बन्धित
Loading...