ghar sansar

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन पूर्व साँसद भट्टले फेरि गुहारे संसदीय समिति, सरकारलाई निर्देशनका लागि निवेदन दर्ता

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्टले कैलालीको गेटामा प्रस्तावित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि फेरि संघीय सँसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति गुहारेका छन् ।

सरकारले विश्वविद्यालय घोषणा गरी चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर पनि प्रतिष्ठानका लागि बजेट विनियोजन गरी तयारी अघि बढाएपछि पूर्व साँसद भट्टले विश्वविद्यालय स्थापनाका लागि सरकारलाई निर्देशन सहित सुझावका लागि समिति गुहारेका हुन् ।

,orning glory badhai
dirghayi clinic

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा. भट्टले आफू साँसद हुँदा सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवाको विकास र विस्तारका लागि गेटामा मेडिकल विश्वविद्यालय बनाउन पहल सुरु गरेका थिए । त्यसपछि संघीय संसदले गठन गरेको संसदीय समितिको सुझावका आधारमा मेडिकल विश्वविद्यालय घोषणा गरिएको थियो ।

सरकारले गत माघमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले बजेटमा प्रतिष्ठान बनाउन बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा महिनौसम्म आन्दोलन चर्किएको थियो ।

Himal dental
सम्बन्धित
Loading...