

महेन्द्रनगर । स्थानीय पार्क भीम बाटिकामा शनिबार सरसफाई गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. १८, भीमदत्त वाटिका संरक्षण समिति, मन्त्र हस्पिटल, वडा प्रहरी कार्यालय, महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीले विहान सरसफाई गरेका छन् ।

भीमदत्त वाटिका संरक्षण समितिका अध्यक्ष प्रशान्त भट्टले पार्कको भित्र र बाहिर क्षेत्रमा सरसफाई गरिएको बताए ।
‘पार्कभित्र र बाहिर फालिएका फोहर संकलन गरिएको छ, झारपात उखेलर फालिएको छ’ उनले भने ।

भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक याम बहादुर मल्ल, मन्त्र हस्पिटलका गोबिन्द रोकाया लगायतका विद्यार्थी, स्थानीयm नागरिक समाज, उद्यमी व्यवसायी सरसफाईमा सहभागी भएका छन् ।


