ghar sansar

धनगढीको एसपीएलाई इन्टरनेशनल टी २० क्रिकेट प्रतियोगिताको उपाधि

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुलले कबर्ड हलमा आयोजना गरेको इन्टरनेशनल टी २० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम एकेडेमी (एसपीए) धनगढीले हात पारेको छ । प्रतियोगिताको फाइनलमा खेलमा आइतबार लिटिल बुुुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गरी एसएसीले उपाधि जितेको छ ।

असोज १० गतेदेखि सुरु खेलमा कञ्चनपुरका १२ र कैलालीका ५ टीमले भाग लिएका छन् । यस तेस्रो संस्करणको खेलमा केएमसीका निरज ऐर मेन अफ दि सिरिज भएका छन् । यसैगरी एसपीएका आशिल ुलुहार बेट्स ब्याट्सम्यान, मर्निङ्ग ग्लोरीका सागर खड्का बेष्ट बलर र आयोजक इन्टरनेशनल पब्लिक स्कुलका भरत धामी इमरर्जिङ्ग प्लेयर भएका छन् ।

,orning glory badhai

प्रतियोगिताको सेमिफाइनमा केएमसीलाई हराउँदै एसएसी र आयोजक इन्टरनेशनलाई हराउँदै एलबीए फाइनल प्रवेश गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज वस्नेतको सभापतित्व र जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम गरिएको छ ।

dirghayi clinic

कार्यक्रममा जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट, इन्टरनेशनल पब्लिक स्कुलका निर्देशक गौराज बहादुर लिम्बु, प्रिन्सिपल राजेन्द्र भट्ट, विद्यालय सञ्चालक समितिका सदस्य नागेन्द्र कलौनी, प्लश टु संयोजक महेन्द्र बहादुर चन्द , शिक्षक हेमराज पनेरु लगायतका खेलाडी, शिक्षक, कर्मचारी र विद्यार्थी सहभागी भएका छन् ।

समापन कार्यक्रममा विजेतता एसएपीलाई एक लाख नगद सहित प्रमाण पत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि बोहराले पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।

प्रतियोगिताको उप विजेता एलबीएले नगद ५० हजार सहित प्रमाण पत्र पाएको छ । कार्यक्रमका सभापति व्यवस्थापन समितिका अध्यक्ष वस्नेतले एलबीएलाई पुरस्कार सहित प्रमाण पत्र प्रदान गरे । 

विद्यालयका निर्देशक लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रम शिक्षक हेमन्त बहादुर सिहले सञ्चालन गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्लस टु संयोजक चन्दले विद्यालयले अतिरिक्त क्रियाकलापमा खेलकूदका विभिन्न विधामा प्रतियोगिता आयोजना गरी खेलकूदको विकास र प्रवद्र्धनमा सहयोग पुगाउँदै आएको बताए ।

Himal dental
सम्बन्धित
Loading...