ghar sansar

ब्रिक्सटन कलेजको वार्षिकोत्सवमा कबड्डी र भलिबलका प्रशिक्षक सम्मानित

little buddha academy
khasi

महेन्द्रनगर । ब्रिक्सटन कलेजले आफ्नो १५ औं बार्षिकोत्सव तथा ७ औं ‘ब्रिक्सटन उत्सव २०२३’ मा कबड्डीका राष्ट्रिय प्रशिक्षक विष्णु दत्त भट्ट र भलिबल प्रशिक्षक जगदीश भट्टलाई सम्मान गरेको छ । दुबै जनाले खेलकूद क्षेत्रमा पुगाएको योगदानका लागि दोसल्ला ओढाएर प्रमाण सहित सम्मान गरिएको छ ।

dirghayi clinic

वार्षिकोत्सव कार्यक्रममा कलेज प्रमुख निशा भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा शैक्षिक गुणस्तरमा थप जोड दिने बताइन् ।

,orning glory badhai

कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. नेत्रराज चटौतलको अध्यक्षतामा गरिएको कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष तथा बरिष्ठ हाडजोर्नी बिशेषज्ञ डा. प्रमोद जोशी प्रमुख अतिथि थिए ।

कार्यक्रममा ब्रिक्सटन कलेजका प्रबन्ध निर्देशक डा. भोजराज पन्त, प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र ओझा, एनप्याब्सनका केन्द्रिय उपाध्यक्ष श्यामसिंह मौनी, सुप विश्वविद्यालयका पुर्व डिन टेकराज पन्त, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष उत्तम बिष्ट, मर्निङ ग्लोरीका प्रिन्सिपल बलेदेव भट्ट, बालजागृती कलेजका प्रेम चन्द, नेपाल परिवार नियोजन संघका पूर्व अध्यक्ष कृष्ण पाठक लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...