ghar sansar

कञ्चनपुरमा उत्कृष्ट काम गर्ने प्रहरी निरीक्षक सहित सहित सात प्रहरी पुरस्कृत

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ६८ औँ प्रहरी दिवस उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान सहित पुरस्कार प्रदान गरेको छ । प्रहरी कार्यालयमा गरिएको कार्यक्रममा प्रहरी निरीक्षक सहित प्रहरीलाई सम्मान गरिएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार प्रहरी निरीक्षकद्वय हेमराज भट्ट र ईश्वर बहादुर थापा सहित प्रहरी सहायक निरीक्षकत्रय वीरेन्द्रसिंह धानुक, महादेव पन्त, पर्वतसिंह गुरु, प्रहरी हबल्दार पदम खडका, प्रहरी जवान महेशसिंह बोहरा छन् ।

,orning glory badhai

उनीहरु सबैलाई कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको छ । उनीहरुलाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।

दिवसमा विभिन्न संघ संस्था, उद्योगी व्यवसायीलाई समेत सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत तथा कर्मचारीलाई काममा थप हौसल्लाका लागि सम्मान गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...