

महेन्द्रनगर । दोधारा चाँदनीको बडुवाल टोलमा हात्तीले फेरि एक स्थानियको भान्सा भत्काएको छ् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका स्थानिय लिला मगरको भान्सा घर भत्काएको हो ।

मध्यरातमा नजिककै रहेको भारतीय जंगलबाट बस्ती भित्रिएको २ वडा हात्तीले लिलाको कच्ची भान्सा घर भत्काएको स्थानियबासी महाविर क्षेत्रीले बताएका छन् ।

हात्तीले भान्सामा रहेको खाद्यान्न, भाडाकुडा तथा भान्सा घरलाई क्षतबिक्षत बनाएको लिलाले बताएका छन् । आफुहरु सुतेको अवस्थामा हात्तीले भान्सा घर भत्काउन थालेको लिलाले बताइन् ।।

