ghar sansar

कतारसित पहल गरे विपिन जोशी छिट्टै हमासको बन्धनबाट मुक्त हुन सक्ने

little buddha academy
khasi

महेन्द्रनगर । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ । जोशी अक्टोबर ७ देखि बेपत्ता थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो ।

‘हमासको बन्धकमा एक नेपाली रहेको हामी स्पष्ट पार्दै छौं,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता इलोन लेवीले कान्तिपुरसँग भने । तर, जोशी गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन ।

,orning glory badhai
dirghayi clinic

प्रधानमन्त्री कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ । तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । उनीहरूलाई पनि किबुजबाटै बन्धक बनाएर लगिएको हो । उनीहरू कृषि क्षेत्रमा काम गर्थे । हमासले अर्जेन्टिनाका २१, जर्मनीका १८, अमेरिकाका १०, फ्रान्स र रसियाका ७÷७ जना नागरिकलाई बन्धक बनाएको छ ।

हंगेरीका ४, पोल्यान्ड र पोर्चुगलका ३÷३, चीन, फिलिपिन्स, रोमानिया, तान्जिनिया र बेलायतका २÷२, अस्ट्रिया, ब्राजिल, क्यानडा, डेनमार्क, आयरल्यान्ड, लुथिनिया, मेक्सिको, नेदरल्यान्ड्स, सर्बिया, दक्षिण अफ्रिका, श्रीलंका, युक्रेन र उरुग्वेका एक–एक जना हमासको नियन्त्रणमा छन् । थप एक सय १८ जना इजरायली नागरिकलाई पनि हमासले बन्धक बनाएको कार्यालयले जनाएको छ ।

जोशीलाई मुक्त गराउन सरकारले कतारको सहयोग लिनुपर्ने कतारका लागि एक पूर्वराजदूत बताउँछन् । ‘हमाससँग कतारको नजिकको सम्बन्ध भएको सबैसामु छर्लङ्गै छ । यस्तो कठिन अवस्थामा नेपालका परराष्ट्रमन्त्री यो विषयमा पहल गर्न कतार जानुपर्छ,’ उनले भने, ‘यस्तो संवेदनशील विषयमा चिठीपत्रले मात्रै काम गर्दैन ।’

नेपालसँग बलियो श्रम कूटनीति रहेको कतारका अमिरको नेपाल भ्रमण भने इजरायल–हमास युद्धले मध्यपूर्वमा देखिएको बढ्दो तनावले अन्तिम समयमा आएर रद्द भएको छ । बीबीसीले पनि बन्धकहरूको भाग्य ‘केही हदसम्म कतारको हातमा’ रहेको उल्लेख गरेको छ । कतारले इजरायल र हमासबीचको मुख्य मध्यस्थकर्ताका रूपमा अद्वितीय भूमिका निर्वाह गरिरहेको बीबीसीले उल्लेख गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...