ghar sansar

राज कुमारको मृत्यु झनझन रहस्यमय

little buddha academy
khasi

महेन्द्रनगर । ‘फागुनमा धनगढीमा काम गर्छु भन्दै घरबाट श्रीमान जानुभयो । त्यसपछि कहिलेकाहीँ मात्र घर आउनुभएको थियो। असोज १८ गते फोन गरेर अत्तरिया छु भन्नु भएको थियो । त्यसको दुई दिनपछि २० गते मेरो फोन बज्यो । मैले उठाए त्यताबाट केही आवाज आएन । फोनमा कुनै प्रतिक्रिया नआएपछि मैले काटेर फोन लगाए तर, उठेन। त्यसको दश दिनपछि जंगलमा शव फेला प¥यो’ लालझाडी गाउँपालिका वडा नम्बर ३ बस्दै आएकी शुशिला रानाले त्यो दिनलाई स्मरण गर्दै दिएको प्रतिक्रिया हो यो ।

गत असोज २८ गते सामाजिक सञ्जालमा जंगलमा बेवारिसे अवस्थामा युवकको शव भन्दै तस्बिर आएपछि कपडाबाट उनले श्रीमान् राजकुमार रानाको शव भएको पहिचान गरेकी थिइन् । राजकुमारको परिवारले सडेको अवस्थामा शव बुझेर अन्त्येष्टि गरिसकेको छ तर उनको मृत्युको कारण खुलेको छैन ।

,orning glory badhai

शुशिला आफूले खेप्नुपरेको धम्की र शव फेला परेको प्रकृति हेर्दा श्रीमान्को हत्या भएको दाबी गर्छिन्। उनले भनिन्, ‘शवभन्दा केही वर चप्पल रहेको थियो। सर्टको एउटै बाहुलाभित्र दुबै हात हालिएको छ । त्यो आफैं कसरी सम्भव हुन्छ? उहाँले हातमा लगाएको औंठी, बोकेको मोबाइल तथा कुनै सामान थिएन । उहाँको मोटरसाइकल पनि फेला परेको छैन। यो आत्महत्या त हुँदै होइन। हत्या नै हो तर, कसले र किन ग¥यो ?’

उनले भनेको अर्को कारण चाहिँ घरपरिवारले पाएको धम्की हो । राजकुमारका आमाबुवा, श्रीमती र दाजुहरुले बताएअनुसार उनले आफूले गर्ने कामबारे घरमा बताएका थिएनन् । उनी नभएका बेला बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विषराम राना एउटा समूह लिएर पटक–पटक घरमा आएका थिए ।

बेलौरीकै नन्दकली रानाको खाताबाट राज कुमारले तीन लाख रुपैयाँ झिकेको भन्दै त्यो रकम फिर्ता माग्दै उनीहरु घरसम्म पुगेका थिए । वडाध्यक्ष विषरामले राजकुमारको परिवारलाई पैसा फिर्ता नदिए ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

‘वडाध्यक्ष विषराम राना १०–१२ जना ल्याएर धेरै पटक हाम्रो घर घेरेर हामीलाई तीन लाख रुपैयाँ नदिए ज्यान लिन्छौं, उखुबारी र ट्याक्टरमा आगो लगाउँछौं भनेर धम्की दिनुहुन्थ्यो’, राजकुमारका माइला दाजु प्रेमले भने, ‘मलाई र बुवालाई धम्क्याउन थालेपछि हामीले डेढ लाख रुपैयाँ दियौं । त्यसपछि आउन छाडे ।’

dirghayi clinic

वडाध्यक्ष विषराम रानाले भने सहमतिमै लेनदेनको विवाद मिलाएको बताए ।  उनका अनुसार नन्दकली रानाको खातामा जम्मा भएको तीन लाख रुपैयाँ झिकिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

नन्दकलीले आफ्नो बयानमा राजकुमारले धनगढी लगेर आफ्नो खाता खोलिदिएको, एटीएम र चेक बुक आफैंले राखेको बताएकी थिइन्। यो थाहा पाएपछि वडाध्यक्ष विषराम राना राजकुमारको घर पुगेका थिए ।

‘धाकधम्की दिएको भन्ने कुरा होइन। बैंकमा खाता खोल्न लगाएर उसले (राजकुमारले) हाम्रो गाउँकी केटीलाई फसाएको रहेछ। खाता खोल्न लगाएर एटीएम, चेक सबै आफैंसँग राखेको रहेछ’, रानाले भने, ‘उसको खातामा तीन लाख जति कहाँबाट हाल्न लगाएको रहेछ, झिकेपछि उसलाई प्रहरीले समातेर लग्यो ।’

अदालतले नन्दकलीलाई तीन लाख रुपैयाँ धरौटी माग गरेपछि समाजका सबै मानिसहरु राजकुमारको घरमा बसेर छलफल गरिएको वडाध्यक्ष विषराम बताउँछन्। सो क्रममा राजकुमारको बाबुलाई कि छोरालाई ल्याउनुस्, कि तपाईं जिम्मा लिनुस् वा तीन लाख रुपैयाँ दिनुस् भनेर आग्रह गरिएको रानाको भनाइ छ ।

छलफलपछि राजकुमारको परिवार डेढ लाख तिर्न तयार भएपछि सहमतिमै नन्दकलीलाई छुटाउन पैसा लिएको वडाध्यक्ष रानाले बताए। स्थानीयका अनुसार राजकुमारले गाउँका अरु व्यक्तिको नाममा पनि बैंकमा खाता खोलेका थिए ।

कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन् । राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए ।

‘राजेश दाजुलाई चेतराज भण्डारीले राजकुमारलाई सीआईडीले लग्यो भनेका रहेछन्’, दिदी रजनीले भनिन्, ‘त्यसपछि मैले सोध्दा पनि भण्डारीबाटै पुलिसले लगेको भन्ने कुरा गर्नुभएको थियो ।’ राजेशसँग मोबाइल नम्बर मागेर राजकुमारका दाजु मदनसिंहले चेतराजसँग आफ्नो भाइबारे सोधीखोजी गर्छन् ।

सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवा (सादा पोशाकका प्रहरी)ले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएका थिए । प्राप्त अडियोमा भण्डारी भनिएका व्यक्तिले भोलि बिहान कृष्णपुर आउन आग्रह गर्दै भेटेरै कुरा गर्ने भनेको सुनिन्छ । तर मदनसिंहसँगको कुराकानीपछि चेतराजको फोन अफ भएका कारण सम्पर्क नभएको राजकुमारकी श्रीमती सुशीला बताउँछिन् ।

 

Himal dental
सम्बन्धित
Loading...