ghar sansar

मेयर उप मेयर गाडी दिएको होइन भन्ने समाचारमा सत्यता छैन : आयोजक

little buddha academy
khasi

महेन्द्रनगर । शारीरिक अपाङ्गता खेलकूद प्रवद्र्धन समाज कञ्चनपुरले सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष ह्विलचेयर बास्केटबल प्रतियोगिता समापनमा भएको घट्नालाई लिएर भीमदत्त नगरपालिकाका मेयर र उप मेयरले घाइते बालकलाई अस्पताल लैजान गाडी सहयोग नदिएको भनेर आएका समाचारमा सत्यता नभएको जनाएको छ ।

शारीरिक अपाङ्गता खेलकूद प्रवद्र्धन समाज कञ्चनपुरका अध्यक्ष योगेन्द्र खड्काले विज्ञप्ति सार्वजनिक गरी कार्यक्रम समापनको क्रममा अपाङ्गता सहायता प्रतिष्ठानका अध्यक्ष भवानी सिह ऐरका दुई वर्षका छोरालाई स्कुटरले ठक्कर दिएपछि अस्पताल पुगाउन कार्यक्रमका अतिथि मेयर पदम बोगटी र उप मेयर निलम लेखक जोशीसित गाडी मागेपछि नदिएको भन्ने समाचार खण्डन गरेका छन् ।

,orning glory badhai
dirghayi clinic

अपाङ्गता सहायकता प्रतिष्ठानका अध्यक्ष ऐरले आफ्ना घाइते छोरालाई अस्पताल लैजान मेयर उप मेयरसित रोइकराई गर्दा पनि गाडी सहयोग नगरिएको भन्दै दुखेसो पोखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट मेयर र उप मेयर दुबैलाई मानवता नभएको मान्छे समेत भनेका छन् ।

शारीरिक अपाङ्गता खेलकूद प्रवद्र्धन समाज कञ्चनपुरल अमिटी कलेजमा दुई दिन प्रतियोगिता गरेको थियो । प्रतियोगिताका कैलाली र कञ्चनपुरका तीन टीम सहभागी थिए ।

Himal dental
सम्बन्धित
Loading...