ghar sansar

विप्लव पक्राउको विषय राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउनु पर्छ : महासचिव गुरुङ्ग

little buddha academy
khasi

महेन्द्रनगर । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गले नेकपा महासचिव नेत्र विक्रम चन्द(विप्लव) सहितका नेता कार्यकर्ता पक्राउ प्रकरणको विषय राजनीतिक सहमतिका आधारमा टुङ्गो लगाउनु पर्ने बताएका छन् । बिहीबार प्रेस सेन्टर नेपाल कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् ।

dirghayi clinic

अदालतले केही दिन अघि विप्लव सहितका नेता कार्यकर्ता विरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनले दलीय सहमतिका आधारमा टुङ्गो लगाउनु पर्ने बताएका हुन् ।

,orning glory badhai

सरकारको भ्रष्टाचार बिरोधी अभिायनले व्यवस्था विरोध समूह अत्तालिएको उल्लेख गर्दै उनले अहिले सरकार र व्यवस्था बिरुद्धमा विभिन्न षड्यन्त्र भईरहेको दावी गरे । ‘वर्तमान सरकार सबै षड्यन्त्र चिरेर अघि बढ्छ,’ उनले भने, ‘अहिले सरकार बिरुद्धमा भईरहेका गतिबिधी व्यवस्था बिरोधी छन, तर पश्यगमनको कुनै सम्भावना छैन ।’

महासचिव गुरुङ्गले गठबन्धनमा कुनै चुनौती नभएको दावी गर्दै कम्युनिष्ट मात्रै नभएर गैर कम्युनिष्ट पाटीसंगको सहकार्य आवश्यक रहेको बताए ।

Himal dental
सम्बन्धित
Loading...