ghar sansar

शिक्षक दम्पत्तिकी छोरी आस्थाले ल्याइन् शान्ति निकेतनमा उमङ्ग

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालयकी पूर्व विद्यार्थी आस्था ओझा विद्यालयमा एकाएक चर्चामा आएकी छन् । तीन वर्ष अघि विद्यालयबाट एसइई उत्तीर्ण गरी विदाई भएकी आस्थाले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा छनौट भएपछि शिक्षक, विद्यार्थी र कर्मचारीले दैनिक रुपमा आस्थाको सफलताको कुराकानी गरि रहेका छन् ।

शान्ति निकेतनमा कक्षा १ देखि १० सम्म अध्ययन गरी रेडियन्ट माध्यमिक विद्यालयबाट विज्ञान विषयमा १२ कक्षा उत्तीर्ण गरेकी उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि छात्रबृत्ति पाएकी हुन् । एमबीबीएस परीक्षाको प्रवेश परीक्षामा उत्तीर्ण भएपछि उनलाई विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीले बधाई सहित शुभ कामना दिएका छन् ।

,orning glory badhai

‘हाम्रो विद्यालयमा कक्षा १ देखि १० सम्म पढेर अहिले एमबीबीएस छात्रबृत्ति अध्ययनका लागि पूर्ण छात्रबृत्तिमा नाम निकाल्नु विद्यालयका लागि गौरबको विषय हो’ विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले भने,‘यसले विद्यालय परिवार खुसी छ, आस्था अन्य विद्यार्थीका लागि पनि प्रेरणा बनेकी छन्, विद्यालय उनको उज्जवल भविष्यको कामना गर्दछ ।’

प्रधानाध्यापक ओझाका अनुसार आस्थाले कक्षा १ देखि ९ सम्म सबै कक्षा प्रथम भएर उत्तीर्ण गरेकी हुन् । उनी पढाईमा मिहिनेती र लगनशिल भएको प्रधानाध्यापक ओझा बताउँछन् ।

dirghayi clinic

‘पढाईमा निकै मिहिनेती, अनुशासित हुन्, सधैं प्रथम भएकी थिइन्, अनुशासित पनि हुन्’ प्रधानाध्यापक ओझाले भने,‘यी सबै गुणले गर्दा अहिले एमबीबीएस अध्ययनका लागि छात्रबृत्तिमा छनौट भएकी हुन् ।’

पढाईमा अब्बल आस्था हाजिरी जवाफ, वाद विवाद प्रतियोगितामा पनि सधैं प्रथम भएकी छन् । प्रधानाध्यापक ओझाका अनुसार उनी विद्यालयका आन्तरिक र बाह्य सबै प्रतियोगितामा सहभागी हुने गरेकी थिइन् । ती प्रतियोगितामा प्रथम भएको प्रधानाध्यापक ओझा बताउँछन् ।

विद्यालयका शिक्षिक भुवनेश्वरी रावलले पढाईमा मिहिनेत गर्ने बानीले आस्थाले सफलता पाएको बताइन् । ‘यस शान्ति निकेतनमा बाल बिकासदेखि एसइइसम्म अध्ययन गर्दाका दिनहरु फेरि एक पटक स्मरण गर्न पुगे । तिम्रो लगनशिलता, अनुशासन र मिहिनेती बानी सधैं अझ राम्रो गर्नै चाहना र प्रविधिको सही उपयोगले तिम्रो ज्ञान र अनुभवलाई परिस्कृत पार्दै लग्यो । अनि आज तिम्रा गुरु आमा र गुरुहरुले तिमिप्रति गर्व गर्न सक्ने गरी तिमी सफल भयौ’ आस्थालाई बधाई दिँदै शिक्षिका रावलले आफ्नो फेसबुकमा उल्लेख गर्दै भनेकी छन्, ‘सरकारी विद्यालयलाई हेला गर्नेहरूका लागि समेत तिमी जस्ता हाम्रा पूर्व विद्यार्थीहरु गतिलो नमूना हुन् ।’

विद्यालयका शिक्षक नवराज भट्टले आस्थाले छात्रबृत्तिमा नाम निकालेपछि विद्यालयमा खुसीयाली छाएको बताए । ‘शान्ति निकेतन परिवारमा अर्काे खुसियाली छाएको छ । हाम्रो एक कक्षादेखि नै सधै कक्षामा प्रथम हुने मेधावी विद्यार्थी आस्था ओझाले एमबीबीएस पढ्नको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा’ शिक्षक भट्टले भनेका छन्, ‘भविष्यमा एउटा सफल चिकित्सक भई देशको सेवामा अब्बल हुनेमा हामी विश्वस्त छौ ।’

भीमदत्त नगरपालिका ५ वनगाउँकी आस्थाका बुवा जगदीश ओझा र आमा पदमा ओझा दुबै सामुदायिक विद्यालयका शिक्षक हुन् । उनीहरु दुबै भीमदत्त नगरपालिका क्षेत्रका विद्यालयमा अध्यापन गर्छन् । उनका बुवा वनगाउँस्थित सत्यवादी माध्यमिक विद्यालयका शिक्षक हुन् । उनी भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा पनि परिचित छन् ।

Himal dental
सम्बन्धित
Loading...