ghar sansar

जनचेतना मुलक कार्यक्रम गरी मनाइयो अन्तर्राष्ट्रिय आप्रवासन दिवस

little buddha academy
khasi

महेन्द्रनगर । अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा माईती नेपाल कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा जनचेतनामुलक कार्यक्रम गरेको छ ।

दोधारा चाँदनी नगरपालिकाको महाकाली झोलुङ्गे पुल र दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज (नेपाल–भारत सिमा क्षेत्र) मा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको निमित्त जनचेतनामुलक कार्यक्रम गरिएका छन् ।

,orning glory badhai

माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ नारा सहित अन्तराष्ट्रिय आप्रवासन दिवस–२०२३ को अवसरमा दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज (नेपाल–भारत सीमा क्षेत्र) मा घरदैलो तथा पर्चा पम्पलेट बितरण र दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झोलुङ्गे पुल क्षेत्रमा घरदैलो तथा पर्चा पम्पलेट बितरण तथा जनचेतनामुलक ब्यानर प्रर्दशन गरिएको बताइन् ।

dirghayi clinic

कञ्चनभोज (नेपाल–भारत सिमा क्षेत्र) मा संचालन भएको मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको जनचेतनामुलक कार्यक्रममा सशस्त्र प्रहरी सिमा सुरक्षा बोडर आउट पोष्ट कञ्चनभोजका प्रहरी निरिक्षक योगेन्द्र भण्डारी, बाबाथान प्रहरी चौकीका ईन्चार्ज गणेश बहादुर बस्नेत, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य तथा दोधारा चाँदनी नगरपालिका कार्यालय न्यायीक समिति सदस्य कमला उपाध्याय, अधिकारकर्मी धनसरा चन्द, माया देबी पुन, माया रावल, युवा नेता बिर बहादुर सुनार, स्थानियबासी रामसिंह खड्का लगायतका सहभागी भएका छन् ।

नेपाल वैदेशिक रोजगारको लागी भारत छिर्ने मुख्य क्षेत्र दोधारा चाँदनी नगरपालिकाको खुला सीमा क्षेत्र मानव बेच बिखन तथा ओसारपसार नियन्त्रणका लागी पर्चा पम्पलेट, बुकलेट बितरण लगाएत जनचेतनामुलक ब्यानर प्रदर्शन गरिएको माईती नेपाल कञ्चनपुर अन्तर्गत दोधारा चाँदनीमा गठित सुरक्षित सञ्जालका सदस्य तथा दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य कमला उपाध्यायले बताएका छन् ।

रोजगारीको लागी बिदेश जादै गरेका ब्यक्तीहरुले कसरी आफु र आफ्नो परिवार सुरक्षित रहने भन्ने जानकारी गराईएको वडा सदस्य कमला उपाध्यायले बताए । कार्यक्रममा असुरक्षित आप्रवासनमाबाट जोगिन सबै सचेत हुनु पर्नेमा जोड दिए ।

ए । सानो लापरबाहीले वैदेशिक रोजगारीको यात्रा कष्टकर हुने र बेचविखनमा पर्न सक्ने भएकोले सबै सचेत रहनु पर्ने कार्यक्रममा बताईएको महिला अधिकारकर्मी धनसरा चन्दले बताएका छन् ।

घर छोडेर कामका लागि विदेशिएका कामदार र उनीहरुका परिवारको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित हरेक वर्ष १८ डिसेम्बरकै दिन यो दिवस मनाउने गरिन्छ् । संयुक्त राष्ट्रसंघको आह्वानमा यो विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...