ghar sansar

दोधारा चाँदनीमा चार वर्षदेखि कबर्ड हल निर्माण अलपत्र

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–२ मा निर्माणाधीन कबर्ड हलको काम अलपत्र छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझै कबर्ड हलले पूर्णता पाएको छैन। विसं २०७४ बाट बनाउन थालिएको हल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ ।

’कबर्ड हलको भवन, प्यारापिट निर्माण भएको छ । प्लास्टर गर्न मात्रै बाँकी छ’, स्थानीय चन्दनसिंह थापा मगरले भने, ’यत्रो समय भइसक्दा पनि कबर्ड बनेको छैन । काम पूरा नहुँदै भवन जीर्ण बनिरहेको छ।’ विसं २०७४ मा उनै थापा नेतृत्वको उपभोक्ता समितिले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो । उनका अनुसार सुरुआतमा सङ्घीय सरकारबाट खेल मैदान तथा मिनी कबर्ड हल निर्माणका लागि १० लाख बजेट आएको थियो ।

,orning glory badhai

’त्यो बजेटमा हामीले जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्नेसम्म काम ग¥यौँ”, उनले भने, “त्यसपछि बजेट आएन । हाम्रो उपभोक्ता समितिबाट काम भएन।’ कबर्ड हल निर्माणका लागि आर्थिक वर्ष २०७७÷०७८ मा ५० लाख बजेट विनियोजिन भएको थियो । ३७ लाख १७ हजार नौ सय ५९ मा कञ्चन राष्ट्रिय निर्माण सेवाले कबर्ड हल निर्माणको काम अघि बढाएको थियो ।

dirghayi clinic

यसपछि बजेट नआउँदा कबर्ड हल निर्माण अलपत्र रहेको छ। दोधारा चाँदनी क्षेत्रका लागि महत्वपूर्ण खेल संरचनाका रुपमा हेरिएको कबर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका छन्। ’अब थोरै बजेट भए मात्रै पनि कबर्ड बन्थ्यो । यहाँका खेलाडी खेलकुद गतिविधिमा गर्न पाउँथे’, स्थानीय दिल बहादुर सिंहले भने, ’कबर्ड हल नहुँदा खेलाडीलाई समस्या छ। इन्डोर खेल हुन सकेका छैनन् ।’

सरकारले सुरुआतमा लगानी गरेर अहिले वेवास्ता गर्दा लगानी नै खेर जाने अवस्था आएको स्थानीय पदम बहादुर सिंह बताउँछन् । ’कबर्डले पूर्णता नपाउँदा ठूलो लगानी नै खेर गइरहेको छ’, उनले भने, ’यो निर्माण भए नवप्रतिभावान् खेलाडी उत्पादनमा टेवा पुग्नेछ । त्यसैले यसमा ढिलाइ गरिनु हुन्न ।’

कबर्ड हललाई पूर्णता दिन स्थानीय तहको बजेट अपुग रहेको दोधारा चाँदनीका नगर प्रमुख किशोरकुमार लिम्बूले बताए । ’हामीसँग पर्याप्त बजेट छैन। स्थानीय तहमा आउने बजेट घटेर आइरहेको छ’, उनले भने, ’त्यसैले अहिले कबर्ड हलमा बजेट विजियोजन गर्न सकेका छैनौँ  ।’

कबर्ड हललाई पूर्णता दिन बजेटका लागि प्रदेश र सङ्घ सरकारसँग पहल गरिरहेको उनको भनाइ छ । ’कबर्ड हलका लागि एसियाली विकास बैंकसँग बजेट माग गरेका छौँ। प्रदेश र संघ सरकारसँग पनि पहल गरिरहेका छौँ’, उनले भने, ’बजेट विनियोजन गर्ने आश्वासन पाएका छौँ। चाँडै कबर्ड हलको कामले पूर्णता पाउने विश्वास छ ।

साभार :  दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...