ghar sansar

कञ्चनपुर प्रहरीको हिरासतमा थुनुवामाथि निर्घात कुटपिट, राष्ट्रिय मानव अधिकार आयोगले दियो चासो

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी हिरासतमा थुनुवाबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । तीन सातादेखि प्रहरी हिरासतमा राखिएका भीमदत्त नगरपालिका १५ निम्बुखेडाका दिपेन्द्र पाल घाइते भएका हुन् ।

सोमबार मध्यान्ह झगडा भएपछि घाइते पालको महाकाली प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो । अस्पतालका अनुसार पालको ओठ, अनुहार सहित शरिरका विभिन्न भागमा चोट लागेको छ । उनको ओठमा पाँच टाँकासम्म लगाइको छ ।

,orning glory badhai

अस्पतालमा उपचारपछि उनलाई फेरि हिरासतमा राखिएको छ । वैवाहिक बलात्कार मुद्दामा श्रीमतिले दिएको जाहेरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान गरि रहेको छ ।

पालका आफन्तका अनुसार उपचारपछि प्रहरी हिरासतमा राखिएका पाल बोल्न र हिँडडुल गर्न सक्ने अवस्था छैनन् । ‘ओठ काटिएको छ, त्यसमा टाँका लगाइएको छ, उनी बोल्न सक्ने अवस्था थिएनन्, हिँड्न पनि सकि रहेका थिएनन्’ पालका आफन्तलेहरुले भने ।

उनका आफन्तले उनलाई हिरासतमा राखेर कुटपिट भएको घट्ना उनको घर परिवारलाई पनि जानकारी गराएका छन् । उनको परिवारले कुटपिटबारे चासो नखिएको आफन्तहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालयले पाललाई कुटपिट भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापाले थुनुवाबीच कुटपिट भएर पाल घाइते भएको जानकारी दिएका छन् । थुनुवाबीच झगडाको कारण खोल्न नसकिएको र प्रहरीले त्यसबारे अनुसन्धान गरि रहेको बताएका छन् ।

dirghayi clinic

‘थुनुवाबीच झगडा भएर कुटपिट भएको छ, त्यसबारे अनुसन्धान गरि रहेका छौ, अहिले अवस्था समान्य छ’ प्रहरी उपरीक्षक थापाले भने ।

थुनुवा कक्ष सुरक्षार्थ खटिएका प्रहरी नभएको बेला झगडा भएको र लगत्तै प्रहरीले स्थिति नियन्त्रणमा लिएको प्रहरीको दाबी छ ।

पालका आफन्तहरुका अनुसार पालले अंश मागेपछि घरमा श्रीमति विवाद भएपछि उनी विरुद्ध कुटपिटमा उजुरी परेको केही दिनपछि बैवाहिक बलात्कारमा जाहेरी दिइएको थियो । आफन्तहरुले माइतीको दबावमा जाहेरी दिइएको आशंका गरेका छन् ।

पालका माइती भारतको नागाल्याण्डमा मदिरा कारोबार गर्दै आएका बैतडीका धनाढ्य दानी चन्दका आफन्त हुन् । चन्दका आफन्तले प्रहरीलाई दबाव दिएर बैवाहिक बलात्कारको मुद्दा दिएको उनीहरुले शंका गरेका छन् ।

बुवाको मृत्युपछि आमा, श्रीमति र बहिनीको नाममा जग्गा जमिन अंशबण्डा भएपछि पालले आमासित अशंका मागेका थिए । उनलाई जेलबाट छुटेकालाई अंश दिन नसकिने बताएपछि घरमा विवाद भएको थियो ।

पाल बलात्कार मुद्दामा जेल सजाय काटेर केही महिना अघि छुटेका थिए । त्यसपछि उनले घरमा अशं दिन माग गरेका थिए । उनका तीन सन्तान छन् ।

आफन्तले पाल कुटपिट घट्नालाई राष्ट्रिय मानव अधिकार आयोगसम्म पुगाएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय र सुदूरपश्चिम प्रदेश कार्यालयसम्म जानकारी दिइएको छ । आयोगले जिल्ला प्रहरी कार्यालयलाई सत्यतथ्य जानकारी पठाउन निर्देशन दिएको छ ।

Himal dental
सम्बन्धित
Loading...