ghar sansar

सत्ता गठबन्धनका राष्ट्रिय सभा सदस्य उम्मेदवार विरुद्ध नक्कली अपाङ्गता परिचय पत्र बनाएको भन्दै उजुरी

little buddha academy
khasi

महेन्द्रनगर । राष्ट्रिय सभा सदस्यका उम्मेदवारी नारायणदत्त भट्टविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका नारायणदत्त भट्ट विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

dirghayi clinic

सत्तारूढ गठबन्धनकातर्फबाट आपांगतातर्फ आइतवार उम्मेदवारी दिएका भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले उजुरी दिएका हुन्। नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति समेत रहेका भट्ट विरुद्ध शारीरिक अपाङ्गताको विषयलाई लिएर उजुरी दर्ता भएको प्रादेशिक निर्वाचन कार्यालयका प्रमुख प्रेमदत्त भट्टले बताए ।

,orning glory badhai

किर्ते आपांगता परिचय पत्र लिएको भन्दै उम्मेदवारी खारेज हुनुपर्ने मागसहित उजुरी परेको उनले बताए । उक्त उजुरीमाथि निर्वाचन अधिकृतले २६ पुसभित्र निर्णय गरि सक्नु पर्नेछ ।

Himal dental
सम्बन्धित
Loading...