ghar sansar

समन्वय समितिको प्रकाशन कञ्चन दर्पणको विमोचन

little buddha academy
khasi

महेन्द्रनगर । जिल्ला समन्वय समिति कञ्चनपुरले कञ्चन दर्पण बुलेटिन प्रकाशन गरेको छ । समन्वय समितिको सभा कक्षमा आयोजित कार्यक्रममा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बुलेटिनको विमोचन गरेका छन् ।

dirghayi clinic

८३ पृष्ठको बुलेटिनको कभरमा बेदकोट तालको तस्बिर राखिएको छ । बुलेटिनमा कञ्चनपुर जिल्लाको संक्षित परिचय, जिल्ला समन्वय समितिको संक्षिप्त परिचय, स्थानीय तहहरुको संक्षिप्त परिचय, स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिहरुको विवरण, कञ्चनपुर जिल्लामा प्रतिनिधि सभा एबम् प्रदेश सभामा प्रतिनिधित्व गर्ने साँसदरुको विवरण, प्रमुख पर्यटकीय स्थल, समन्य समितिबाट सम्पादित कार्य लगायतका जानकारी समावेश गरिएका छन् ।

,orning glory badhai

कार्यक्रममा समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पहिलो प्रकाशन भएकाले पुस्तकमा थुप्रै कमजोरी भएको उल्लेख गर्दै आगामी प्रकाशनमा ती सबैलाई सच्याइने बताए ।

Himal dental
सम्बन्धित
Loading...