ghar sansar

खुला मञ्चमा १६ औं एन प्याब्सन खेलकूद महोत्सव उद्घाटन, कबर्ड हलमा भोलिदेखि खेल सञ्चालन

little buddha academy
khasi

महेन्द्रनगर । १६ औं एन प्याब्सन खेलकूद महोत्सव खुला मञ्चमा उद्घाटन गरिएको छ । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसिएसन (एन प्याब्सन) कञ्चनपुरले आयोजना गरेको महोत्सवको उद्घाटन काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गरेका छन् ।

मञ्चमा उद्घाटन अघि महेन्द्रनगर बजारमा प्रभातफेरि गरिएको छ । उद्घाटन कार्यक्रममा ओलम्पियन डम्बरदत्त भट्टले ओलम्पिक मसाल प्रदर्शन गरे ।

,orning glory badhai
dirghayi clinic

खुला मञ्चमा उद्घाटनपछि महोत्सवका खेलहरु कबर्ड हलमा हुने छन् । महोत्सवमा एन प्याब्सन आवद्ध ५६ विद्यालय सहभागी भएको सचिव बलदेब भट्टले जानकारी दिए । उद्घाटनमा प्रमुख सचेतक लेखकलाई विद्यार्थीहरुले सलामी दिए ।
कार्यक्रममा प्रमुख सचेतक लेखकले संघीय संसदमा विचाराधिन शिक्षा ऐन निजी विद्यालयको भावना विपरित नआउने उल्लेख गर्दै आफूले त्यसका लागि सक्दो सहयोग गर्ने बताए ।

एन प्याब्सन जिल्ला अध्यक्ष झंकरराज जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष श्याम सिह मौनी, प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्द, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट लगायतका विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन् ।

एन प्याब्सन सचिव भट्टले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । 

Himal dental
सम्बन्धित
Loading...