ghar sansar

सशस्त्र प्रहरीले बेदकोटका धामीको टाउकोमा प्रहार गरी घाइते बनाएको घट्ना छानबिन गर्न युवा संघ कञ्चनपुरको माग

khasi

महेन्द्रनगर । राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुरले गड्डाचौकीमा सशस्त्र प्रहरीले बेदकोट नगरपालिकाका १ हात्तीथलाका बसन्त बहादुर धामीलाई कुटपिट गरी घाइते बनाएको घट्ना छानबिन गरी संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

युवा संघ कञ्चनपुरका सचिव बिरेन्द्र बहादुर महरले शनिबार विज्ञप्ति प्रकाशित गरी सुरक्षाकर्मीले कानुन अनुसार कारवाही गर्नु पर्नेमा कानुन विपरितका कार्य गरेकाले छानबिन गरी कारवाीका लागि स्थानीय प्रशासनसंग माग गरेका हुन् ।

dirghayi clinic

‘गड्डाचौकी सिमानाका मा सुरक्षामा खटिएका ससत्र प्रहरीले कुटपिट गरिएको घटनाप्रति राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर को गम्भीर ध्यानाकषर्ण भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ सीमा सुरक्षामा खटिएका प्रहरीबाट नै यसरी सर्वसधारण मजदुरमाथि निर्घात कुटपिट गरिनु आफैमा दुःखद कुरा हो । यदि कुनै गल्ती गरेको भएपनि प्रचलित नेपालको कानुन बमोजिम कानुनि कार्वाही गरिनु पर्नेमा कानुनलाई नै हातमा लिई सुरक्षा कर्मीले गरेको कुटपिटको सत्यतथ्य छानबिन गरी दोषीलाई यथासिघ्र कानुनी कार्वाही गर्नका लागि स्थानिय प्रशासनसंग जोडदार माग गर्दछौ ।’

भारतीय सहर वनबासामा घरायशी समान ल्याउने क्रममा बिहीबार साँझ गड्डाचौकीस्थित सशस्त्र प्रहरीको बिओपीका सशस्त्र प्रहरीले ७ नम्बर पिल्लरमा धामीलाई गालीगलौज गर्दै टाउको चर्ट लाइट प्रहार गरेका थिए । सशस्त्र प्रहरीको टर्च लाइटबाट धामीको टाउको चोट लागेको थियो । महाकाली प्रादेशिक अस्पतालमा धामीको उपचार गरिएको छ ।

धामीको परिवारले धामीमाथि कुटपिटमा संलग्न सशस्त्र प्रहरी हवल्दार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सशस्त्र प्रहरीको बिओपीले समान जाँच गर्ने क्रममा लछारपछार भएर धामीलाई चोट लागेको बताएको छ ।

Himal dental
सम्बन्धित
Loading...