ghar sansar

माओवादी केन्द्रको पार्टी प्रतिनिधि भएर महाकाली बहुप्राविधिक शिक्षालयका पूर्व संयोजक रावलले भने– शिक्षालय माओवादी काँग्रेसले स्थापना गरे, एमाले नेतृ पालले भनिन्– यो राजनीति गर्ने ठाउँ होइन

little buddha academy
khasi

महेन्द्रनगर । महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयका पूर्व संयोजक पंकज रावलले काँग्रेस र माओवादीले शिक्षालय स्थापना गरेको अभिव्यक्ति दिएपछि एमाले पोलिटब्युरो सदस्य निरुदेबी पालले जवाफ फर्काएकी छन् ।

प्राविधिक शिक्षालयका पूर्व संयोजक रावलले नेकपा माओवादी केन्द्रको पार्टी प्रतिनिधि भएर तेस्रो वार्षिकोत्सव समारोहमा शुभ कामना मन्तव्य राखेका थिए ।

,orning glory badhai

भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी रावल नगर विकास समितिको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा मुद्दा दायर निलम्बनमा परेका थिए । विशेष अदालतमा मुद्दा दायर भएपछि उनको शिक्षालयको संयोजक पद गुमेको थियो ।

तेस्रो वार्षिकोत्सव समारोहमा अत्यन्त निराश मुद्दामा मञ्च मन्तव्य राखेका उनले शिक्षालय महाकाली प्रादेशिक अस्पताल सुधार गर्ने लक्ष्य लिएर सञ्चालन गरिएको र त्यस अनुसार हुन नसकेको भन्दै असन्तुष्टि पोखे ।

‘ म अरु भन्दा मेरो कुरा पुथक हुनेछ, बाघ मार्ने, जुँगा उखेल्ने भएको छ’ उनले भने,‘अहिले यहाँका विद्यार्थीहरुलाई सोधे विपी लिन आउँदैन, प्राक्टिकल गर्न अस्पताल गएका छैनन्, काँग्रेस र माओवादीका कारण शिक्षालय स्थापना भएको हो ।’

dirghayi clinic

रावलले आफ्नो भाषणको अन्तिममा मात्रै शिक्षालय स्थापना गर्ने भीमदत्तका तत्कालिन मेयर सुरेन्द्र विष्टको नाम लिए । तत्कालिन मेयर विष्टले शिक्षालय स्थापना गरेका थिए । भीमदत्तको स्वास्थ्य शाखाका कर्मचारी रावलले तत्कालिन शिक्षामन्त्री गिरिराज मन्त्री पोखरेलको स्वकीय सचिव भएकाले सहयोग गरेका थिए ।

शिक्षालय स्थापनापछि उनलाई भीमदत्त नगरपालिकाले संयोजक बनाएको थियो । कार्यक्रममा रावलले आफूले शिक्षालय स्थापनाका लागि धेरै दुःख पाएको र अहिले आएर ठूला कुरा गरिएको भन्दै आक्रोश पोखे । ‘कति दुःख पाए, कति अप्ठेरो थियो,अहिले आएर ठूला कुरा गर्ने’ उनले भने ।

उनले शिक्षालय स्थापना हुँदा ७ कार्यक्रमका लागि अनुमति पाएको र अहिलेसम्म दुई मात्रै सञ्चालन भएकोमा समेत आक्रोश पोखे । उनले प्राविधिक शिक्षालय अप्राविधिक मान्छे राखिएको भन्दै असन्तुष्टि पोखे ।

रावलपछि मन्तव्य राखेकी कार्यक्रमका विशिष्ठ अतिथि निरुदेबी पालले रावलको नाम नलिई यो ठाउँ राजनीति गर्ने ठाउँ नभएको भन्दै जवाफ फर्काइन् । उनले रावललाई कटाक्ष गर्दै यस अघि कसले के भन्यो त्यससबारे आफूलाई केही थाह नभएको र आफूले जनप्रतिनिधिको हैसियत शिक्षालय स्थापनाका लागि सक्दो सहयोग गरेको उल्लेख गरिन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता पूर्व राज्यमन्त्री मान बहादुर सुनारले भने रावलको भनाईलाई समर्थन गरेका थिए । उनले रावलले राखेको विषय गम्भीर भएको उल्लेख गर्दैै भीमदत्तका मेयर बोगटीलाई ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य मधुदेबी भारतीले शिक्षालय स्थापनाका लागि सहयोग गर्ने सबैको भूमिकाको मूल्याङ्कन हुनु पर्ने र आगामी दिनमा यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु पर्ने बताइन् ।

शिक्षालयका अध्यक्ष भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको अध्यक्षतामा गरिएको कार्यक्रममा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, पूर्व साँसद पाल, पूर्व साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु प्रकाश रावल, बेल बहादुुर राना, मधुदेबी भारती, पूर्व राज्यमन्त्री मान बहादुर सुनार, नेपाली काँग्रेसका सचिव भीमराज भट्ट, एमाले उप सचिव कर्ण बहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट लगायतले मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...