
कञ्चनपुर प्रहरी प्रमुख जोशीले भने– प्रहरीले नराम्रो व्यवहार गरेमा त्यसलाई केही नभन्नु, मलाई जानकारी गराउनु, म व्यवस्थापन गर्छु

महेन्द्रनगर । कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले आचरण विपरित कार्य गर्ने प्रहरी कर्मचारी सम्बन्धि आफूलाई जानकारी गराउन आग्रह गरेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको १५ औं वार्षिक साभारण सभामा उनले आफूसित आएका जानकारीका आधारमा प्रहरी कर्मचारी सुधार गरिने उल्लेख गरे ।

‘प्रहरीले कतै नराम्रो व्यवहार गरेको छ वा दुव्र्यवहार गरेको छ भने त्यसलाईक केही नभनेर मलाई जानकारी गराई दिनु होला, त्यो मेरो काम हो भनेर मलाई जानकारी गराई सहयोग गरि दिनु होला’ उनले भने,‘त्यसलाई म व्यवस्थापन गर्छु ।’
जोशीले फागुन ७ गतेदेखि जिल्ला प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनले समुदायमा शान्ति स्थापना र अपराध न्यूनीकरणका लागि सेवा केन्द्रसित सधैं सहकार्य र समन्वय गरिने बताए ।
