ghar sansar

देउवामाथि खनिए ओली, भने–पाँच पटक प्रधानमन्त्री भएर के गर्नु भयो भनेर सोध्दा केही भन्न सक्नु हुन्न

little buddha academy
khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेर बहादुर देउवा पाँच पटक प्रधानमन्त्री भएर केही गर्न नसकेको बताएका छन् ।

dirghayi clinic

एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले काँग्रेस सभापति देउवालाई आफूले गर्न नसकेको एउटा पनि काम भन्न नसकेको बताए ।

,orning glory badhai

‘यस क्षेत्रका काँग्रेसका सभापति शेर बहादुर देउवाज्यू पाँच प्रधानमन्त्री भई सक्नु भएको छ, पाँच पटक प्रधानमन्त्री भएर के गर्नु भयो भन्दा केही भन्न सक्नु हुन्न’ उनले भने,‘संसदमा पनि भने पाँच पटक प्रधानमन्त्री भएर के गर्नु भयो, त्यहाँ पनि केही जवाफ आएन ।’

देउवाले आफूले गरेको केही भन्न नसके पनि एमालेले कागज नहेरी सय भन्दा बढी काम त्यसै भन्न सक्ने अध्यक्ष ओलीको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...