ghar sansar

मदनचोकमा भत्काइएका २२ सटरको फलाममा भारतीयको हारालुछ

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मदनचोक क्षेत्रमा भत्काएका भवनका अवशेषहरुबाट फलाम फलाम काटेर भारतीय नागरिकले लगेका छन् । महेन्द्रनगरमा कवाड संकलन गर्दै आएका भारतीयले बधुबार विहानदेखि अवशेषहरुबाट फलाम काटेर संकलन गरेका छन् ।

भीमदत्तले डोजर लगाएर मदनचोक क्षेत्रका २२ सटर भत्काएको थियो । सटरहरु भत्काएपछि भवनका अवशेषबाट फलामका डण्डी काटिएको थियो । उनीहरुले कवाडका रुपमा फलामका डण्डी काटेको बताए ।

ratnam

भारतीयले फलाम काटेर संकलन गर्न थालेपछि केही समय मदनचोकमा सर्वसाधारणले तस्बिर खिचेका थिए । व्यवसायीहरुले भारतीय नागरिकले भवनका फलाम कवाडका रुपमा लगेको भन्दै असन्तुष्टि पोखे ।

dirghayi clinic

व्यवसायीहरुले भीमदत्त नगरपालिका ४ नम्बर वडा कार्यालयलाई जानकारी गराएका थिए । बुद्धिजीवि हर्केश विष्टले भत्काएका भवन सार्वजनिक सम्पत्ति भएकाले भारतीय नागरिकले फलाम काटेर लैजाने विषय समान्य नभएको बताए ।

‘यो हामी सबैको सार्वजनिक सम्पत्ति हो, नगरपालिका आफैैले काटेर पनि संकलन गरी कबाडका रुपमा बिक्री गर्न सक्छ’ उनले भने,‘यसरी काटेर लैजाने कुरा राम्रो होइन, यसमा भीमदत्त नगरपालिकाले ध्यान दिनु पर्छ ।’

एशियाली बिकास बैंक(एडिबी) को ऋण अनुदानमा भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहकारी विकास आयोजना अन्र्तगत मदनचोक भानुचोक सडक निर्माणमा २२ सटर अवरोध भएपछि गत महिनादेखि हटाउन थालिएको हो ।

ती सबै भवन भीमदत्त नगरपालिका मातहतको नगर विकास समितिका हुन् । दुई वर्ष अघि ती सटर खाली गर्ने निर्णय गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...