ghar sansar

गड्डाचौकी भएर बेचबिखनका लागि भारत पुगाएकी बालिकाको उद्धार

khasi

महेन्द्रनगर । भारतमा बेचबिखनका लागि पुगाएर अलपत्र छाडिएकी एक बालिकाको भारतको हरियाणाबाट उद्धार गरिएको छ । हरियाणामा अलपत्र अवस्थामा रहेकी कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ की १६ वर्षीया बालिकालाई भारतीय प्रहरीको सहयोगमा बेलडाँडी नगरपालिका र ईलाका प्रहरी कार्यालय बेलडाँडीको सयुक्त टोलीले शनिवार उद्धार गरेको हो ।

dirghayi clinic

बालिकालाई गड्डाचौकी नाँका हुँदै चैत ३ गते बेचबिखनका लागि भारत लगिएको सूचनाको आधारमा प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी भारतको हरियाणाबाट बालिकाको उद्धार गरेको प्रहरीले जनाएको छ ।

बालिकालाई चैत २ गते सामाजिक सञ्जाल मार्फत सम्पर्क गरी राम्रो रोजगारीमा लगाई दिने प्रलोभनमा पारेर बेलडाँडी गाउँपालिका–५ कालागौडाकी हसिना राना बताउने रिता नाम गरेकी महिलाले तस्करहरुको माध्यमबाट भारतको हरियाणा पुगाएको भन्दै पीडित परिवारले चैत २ गते ईलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका थिए ।

नेपाल प्रहरीको सहयोगमा शनिवार बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ, ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी हवल्दार गणेश बोहोरा र परिवारका सदस्यहरुको सयुक्त टोली भारतको हरियााणा पुगेर बालिकाको उद्धार गरि परिवारको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी हवल्दार गणेश बोहोराले जानकारी दिए। घटनामा संलग्न व्याक्तिहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय बेलडाँडीका हबल्दार बोहोराले बताए ।

Himal dental
सम्बन्धित
Loading...