

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका विपन्न घर परिवारलाई सौर्य बत्ती हस्तान्तरण गरिएको छ । दोधारा चाँदनी नगरपालिका– ७ को चालु आर्थिक वर्ष २०८०÷८१ को योजना तथा कार्यक्रम अनुसार वडामा बसोबास गर्ने दुई जना विपन्न घरपरिवारलाई सौर्य बत्ती हस्तान्तरण गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका– ७ का वडा अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले रामपुरे टापुका दल बहादुर सुनार र पदम बहादुर राजाली मगरलाई उज्यालोको निम्ति सौर्य बत्ती हस्तान्तरण गरिएको वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले बताए ।

दुवै विपन्न घरपरिवारको घरमै पुगेर सौर्य बत्ती हस्तान्तरण गरिएको हो । उनिहरु द्युबै जनाको घरमा बिद्युत्त जडान नभएको टुकीको सहाराबाट उज्यालोमा बस्दै आएका बताईएको छ् ।
सौर्य बत्ती हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, वडा सदस्य कमला उपाध्याय, संदिप उपाध्याय, देबिसरा सुनार लगाएत स्थानिय सहभागी भए । सोर्यबत्ती पाए संगै दल बहादुर सुनार र पदम बहादुर राजाली मगरको घरपरिवार खुशी भएका छन् ।
