ghar sansar

मुक्तिनाथ भ्रमणमा भीमदत्तका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालयका अध्यक्ष असन्तुष्ट

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको विरोधका बाबजुद प्रधानाध्यापकलाई मुक्तिनाथ भ्रमण लगेको छ । भीमदत्त नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार नगर क्षेत्रका विद्यालयमा प्रधानाध्यापकहरुलाई सिकाई अनुभव आदानप्रदानका लागि भ्रमणमा लगिएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले भ्रणमण निर्देशिका अनुसार भ्रमणमा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समावेश गर्न अन्तिमसम्म दबाव दिएको थियो । नगरपालिकाले बजेट अभाव देखाउँदै प्रधानाध्यापकहरुलाई भ्रमणमा लगेको हो ।

सामुदायिक विद्यालय व्यवस्थापन महासंघ भीमदत्त नगर समितिले भ्रमणमा समावेशका लागि मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशीलाई गुहारेको थियो । नगरपालिकाले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई समावेश गर्ने आश्वासन दिएर अन्तिममा प्रधानाध्यापकहरुलाई लगेर भ्रमणमा लगिएको छ ।

dirghayi clinic

भीमदत्तले शैक्षिक भ्रंमणका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । भीमदत्तका पाँच दर्जन बढी सामुदायिक विद्यालय छन् । भ्रमण खर्च अपुग हुने भएपछि भ्रमणमा गएका प्रधानाध्यापकहरुबाट ७÷७ हजारका दरले रकम संकलन गरिएको छ ।

भीमदत्तको शिक्षा, युवा तथा खेलकूद शाखाले भ्रमणका लागि प्रधानाध्यापकहरुलाई मात्रै लैजाने तयारी गरेपछि विवाद भएको थियो । विद्यालय महासंघले प्रधानाध्यापकसंगै व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीहरुलाई पनि भ्रमणमा लैजानु पर्ने माग राखेको थियो ।

भीमदत्तका मेयर जोशीको सहितको छलफलमा भ्रमणको विरोध भएको थियो । त्यसपछि उप मेयर जोशीले शाखा प्रमुख कलावति मिश्रलाई आगामी दिनमा गल्ती नगर्न निर्देशन दिएकी छन् ।

महासंघका नगर अध्यक्ष बिरेन्द्र सिह साउद सहित उपाध्यक्ष राजेन्द्र आग्री, सचिव महेश भट्ट, कोषाध्यक्ष प्रमानन्द जोशी, सदस्य गोबिन्द थापा, सल्लाहकार जगदिश बिष्ट, महासंघका जिल्ला प्रतिनिधि अचुत कलौनी लगायतका सहभागी भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...