ghar sansar

लाजमर्दो कुरो

khasi

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा आईतबार स्पष्टीकरण दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेबारे छानविन गर्न संसददिय समिति बनाउनु पर्ने माग राख्दै सदन अवरुद्ध गर्दै आएको छ । तर गृहमन्त्री रवि लामिछानेले बोल्नु पाउनु पर्ने माग गर्दै आएकाले कांग्रेसले उनलाई बोल्न दिएका थिए । तर मुलुकको गृहमन्त्रीले असभ्य अमर्यादित र असोभनिय मात्र नभएर बोल्नै नहुने सम्बेदनशिल कुरो समेत बोल्न भ्याए । गृहमन्त्री रवि लामिछानेले त्रिचन्द्र कलेजको पार्क निर्माण, त्रिविको वेबसाइट डिजाइन, बाख्रा पालन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति, रातो पासपोर्ट, वाइडबडी जहाज, नक्कली भुटानी शरणार्थी, टीकापुरको जग्गा विषयमा पनि छानविन गरिनु पर्ने माग गरेका छन् । 

dirghayi clinic

गृहमन्त्रीले अरुसंग छानविन गर्न माग गर्ने हो कि आफुले छानविन गर्ने हो । यो उनको नितान्त धम्कीपूर्ण सौदावाजी थियो । मलाई यसो गरे तिमिहरुलाई नि यसो गर्छु भन्दै जुन धम्की मिडिया दिने गरेका थिए त्यही धम्की सदनमा पनि दिएका छन् । उनी साच्चिकै इमानदार नेता भएको भए गृहमन्त्रालय बाहेक अरु नखाने कुरो नै आउने थिएन । उनीमथि सहकारी ठागी प्रकरणमा होइन त्यस्ता धेरै प्रकरण छन् जुन बेला बेलामा उठेका थिए । सबै प्रकरणका सबै प्रमाणहरु मेटाउनकै लागि उनलाई गृहमन्त्री नै चाहिएको हो भन्ने कुरो घाम जस्तै छर्लङ्ग छ । नेपाली नागरिक नै नभएर चुनाव लडेर सांसद बने । दोहोरो नागरिता र राहादानी बोकेरै गृहमन्त्री भए । सर्वाेच्च अदालतको फैसलाले उनको सांसद, गृहमन्त्री, पार्टी सभापति पद गुम्यो । 

फेरि तुरुन्तै संवैधानिक व्यवस्था अनुसार पुनः नेपाली नागरिकता प्राप्त गरे र गृहमन्त्री बन्ने दोडधुपमा लागेका थिए । सर्वसाधारणले यसो गरेको भए जरिवना तथा सजाय भोग्नु पर्ने हुन्थ्यो तर उनीलाई कुनै कानुन लागेन ।  नया“ नागरिकता लिएसँगै गैरसांसदका रुपमा पुनः गृहमन्त्रालय फर्कन रवि लामिछानेले निकै कसरत गरिरहेका थिए । कहिले बालकोट त कहिले बालुवाटार पुग्नु उनको दैनिकीजस्तै बनेको थयो । लामिछाने पुनः गृहमन्त्री बन्न साम, दाम, दण्ड, भेद सबै उपाय अपनाएका थिए तर त्यतिबेला अदालतको पूर्णपाठ नआएकोले हुन सकेनन् । अहिले पनि दोहोरो राहदानीको विषयमा प्रहरी प्रशासनले उनीमाथि अनुसन्धान पूरा गरेको छैन तालुकवाला मन्त्रालयको नेतृत्वमा पुगेर अनुसन्धान प्रभावित गर्न खोजेको मात्र नभएर सबै दसी प्रमाणहरु मेटाउन गएका हुन । मुलुकको गृहमन्त्रीले देशका संवेदनशील सूचना विदेशीलाई बेच्ने गरेको कुरा सदमै भनेका छन् । गृहमन्त्रीले यस्तो कुरा सदनमा बोल्न मिल्छ कि मिल्नैन ।

संवेदनशील सूचना विदेशीलाई बेच्नेलाई गृहमन्त्री कारवाही गर्न किन डराएको होला ? कही कतै आफु नै मतियार भएर पो हुन कि ? दोहोरो नागरिता र दोहोरो राहदानी उनकै छ । आफुमाथि छानबिन हुने हो भने उनले उठाएका सबै विषयमा पनि छानबिन हुनु पर्ने माग उनले गरे । सदनमा गृहमन्त्रीले दिने जबाफ यस्तै हुन्छ ? उनले आफु माथि लागेको आरोपको विषयमा दलिल पेस गर्ने हो कि मलाई त्यसो गरे तिमीहरुलाई नि यसो गछु भनेर धम्काउदै सैदाबाजी गर्ने हो । गृहमन्त्रीले रोष्टममा बोलेकुरो अन्य मुलुकले पनि देखेका होलान गृमन्त्रीले नै देशका संवेदनशील सूचना विदेशीलाई बेचिन्छ भन्नु यो भन्दा लाजमर्दो कुरो अरु के हुन सक्छ । 

Himal dental
सम्बन्धित
Loading...