ghar sansar

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि महेन्द्रनगरमा ८ खेलको प्रदेश छनौट हुँदै, भलिबल डडेल्धेरा र अन्य सबै खेलको छनौट कैलालीमा

khasi

महेन्द्रनगर । १० औं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्र्तगत शनिबारदेखि प्रदेश स्तरीय छनोट सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेश स्तरीय छनौटका प्रतियोगिता अन्र्तगत महेन्द्रनगरमा ८ खेलका खेलाडी छनौट हुन लागेको छ ।

डडेल्धुरामा भलिबल छनौट हुने छ भने अन्य खेलको छनौट कैलालीमा हुने तयारी गरिएको छ । महेन्द्रनगरमा शनिबार र आइतबार सबै ८ खेलका खेलाडी छनौट हुने भएका छन् ।

महेन्द्रनगरमा हुने छनौटमध्ये हक्की टीम सिधैं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । सुदूरपश्चिमका अन्य जिल्लामा हक्की टीम नभएकाले सिधैं छनौट भएको छ ।

त्यस बाहेक अन्य सात खेलका खेलाडी प्रतिस्पर्धा भएर छनौट हुने जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका कोषाध्यक्ष राम बहादुर खड्काले बताए ।

जिल्ला समितिले छनौट प्रतियोगिताको व्यवस्थापनमा सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकूद विकास समितिले प्रदेश छनौटका लागि प्रदेश सदस्य लिला सिंह बोहरालाई जिम्मेवारी दिएको छ ।

समितिका अनुसार तेक्वान्दो, कराँते, कबड्डी, फुल कन्ट्याक्ट, आइटीएफ, कुस्ती, जुडो र हक्कीका खेलाडी महेन्द्रनगरमा छनौट हुन लागेका छन् ।

dirghayi clinic

समितिका अनुुसार तेक्वान्दो र कबड्डीको राष्ट्रिय प्रतियोगिताका लागि महिला र पुरुष १२÷१२ खेलाडी छनौट हुने छन् ।

कराँतेमा महिला पुरुष ११÷११, फुल कन्ट्याक्ट ७ पुरुष ५ महिला र आइटीएफ १३ पुरुष ११ महिला छनौट हुन लागेका छन् ।

कुस्तीमा ७ महिला र जुडोमा ५ पुरुष राष्ट्रिय प्रतियोगिता खेल्न छनौट हुने जानकारी दिइएको छ ।

जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले हक्की टीमका खेलाडी सिधै राष्ट्रिय प्रतियोगितामा भाग लिने बताए ।

‘हक्कीको अरु टीम छैन, त्यसैले प्रदेश छनौट हुने अवस्था भएन’ उनले भने ।

यस अघि जिल्ला स्तरीय प्रतियोगितामा प्रदेश छनौट प्रतियोगिताका लागि कञ्चनपुरबाट तीन सय ८१ खेलाडी छनौट भएका थिए । उनीहरु २३ खेलका खेलाडी हुन् ।

जिल्ला खेलकूद विकास समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले जिल्ला छनौटका लागि ९ सय ५ खेलाडीले आवेदन दिएको बताए ।

कञ्चनपुरमा फुटबल ३६, भलिबल २८, लथलेटिक २५, क्रिकेट ३२, कबडी २८, बास्केटबल २४, ह्याडबल २४, ब्याडमिन्टन १३, टेबुलटेनिस ९, बुद्धिचाल ११, बक्सिङ्ग १३, उसु ९, तेक्वान्दो २६, कराँते २३, खोखो २२, फुलकन्ट्याक्ट १४, कुस्ती २१, आई आईटिएकफ तेक्वान्दो २६, सुटिङ्ग १३, जुडो ६, रग्बी २२, भारोत्तोलन ६ र जिम्नाटीका १ जना खेलाडी छनौट भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...