ghar sansar

खेदजनक कार्य

little buddha academy
khasi

सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे निरन्तर लेखिरहेको कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै गिरफ्तार गरिएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सत्ता र शक्तिको आडमा पक्राउ गरिएको छ । स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चि“दै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालयको आठौं तलाको कार्यकक्षमै पुगेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका छन् । यस घटना पछि सरकारको तानाशाही शैलीको चौतर्फि विरोध भएको छ । लोकतन्त्र माथि खतरा आईलाग्दा दलका नेता दुलाभित्र लुकेका बेला आवाज उठाउने र सडकमा उत्रिने नेपाली प्रस जगतलाई अहिलेको सरकारले तर्साएर तह लगाउने चेस्टा गरेको छ, तर सरकारले यस्तो चेस्टा नगरे हुन्छ ।

dirghayi clinic

प्रेसमाथि आक्रमण गरेर तर्साउन खोज्नुको परिणमको पनि सरकारले आकलन गर्नु जरुरी छ । कान्तिपुरले गोर्खा मिडियाका लागि विभिन्न सहकारीबाट लिएको ऋणमा तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता बारे शृंखलाबद्ध समाचार लेख्दै आएको थियो । मंगलबार पनि कान्तिपुरको प्रथम पृष्ठमा ठूलो समाचार प्रकाशित भएको थियो । त्यही भएर गृहमन्त्री लामिछानेले प्रतिसोधको लागि यसो गरेका हुन र यसको मूल्य लामिछानेले चुकाउने नै छन् । दुई देशका पासपोर्ट बोकेका लामिछानेलाई मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता कार्यालयबाट उन्मुक्ति दिलाएर उपप्रधानमन्त्री बनाएका प्रधानमन्त्री दाहालले कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई जिल्ला प्रशासनले दिएको नागरिकताको नम्बर अर्को व्यक्तिस“ग मिलेको बहानामा कार्यकक्षबाटै गिरप्mतार गराएर यो अदालती प्रक्रिया हो भनेर पानी माथिको उभानो बन्ने प्रयास गर्नु बिडम्बना हो । सरकारका लागि लामिछानेको समर्थन बचाइराख्न प्रधानमन्त्री पुष्पकमल दाहालले पनि प्रेसमाथिको दमनलाई साथ दिएका छन् । सिरोहियाको गिरप्mतारको शैलीप्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायत विभिन्न संघ÷संस्थाहरूले विज्ञप्ति प्रकाशित गरि विरोध गरेका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री, राजनीतिकर्मी एवं अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा सरकारको निन्दा र खेद प्रकट गरेका छन् ।

,orning glory badhai

पत्रकार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएका छन् । सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्ने गरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ, विज्ञप्तिमा भनिएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले प्रेस विज्ञप्ति जारी गर्दै कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोध भएको जनाएको छ । समाजवादी प्रेस संगठनले प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेका अनगिन्ति अपराधजन्य गतिविधि दबाउन यस्तो हर्कत गरिएको जनाएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् । अध्यक्ष सिरोहियालाई पक्राउ गरिनुलाई गृहमन्त्री लामिछानेले पदको दुरुपयोग गरेको भन्दै सर्वत्र विरोध भएको छ ।

Himal dental
सम्बन्धित
Loading...