ghar sansar

सहयोग जुटाएर ओलम्पियन भट्टले मनाए ओलम्पिक दिवस

little buddha academy
khasi

महेन्द्रनगर । ओलम्पियन डम्बरदत्त भट्टले व्यक्तिगत रुपमा सहयोग जुटाएर ओलम्पिक दिवस मनाएका छन् ।

भट्ट दक्षिण कोरियाको सोलमा भएको २४ औं ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी हुन् । उनी हाल कञ्चनपुर जिल्ला खेलकूद विकास समितिमा बक्सिङ्ग प्रशिक्षक छन् ।

,orning glory badhai

विद्यालय, मेडिकल र सरकारी कार्यालय सहयोग जुटाएर आइतबार विहान भट्ट ओलम्पियन दिवस मनाएका हुन् । आइतबार विहान बजारमा प्रभातफेरि र खुला मञ्चमा औपचारिक कार्यक्रम गरी दिवस मनाइएको छ ।

dirghayi clinic

ओलम्पियन भट्टको अध्यक्षतामा गरिएको कार्यक्रम गरियो । कार्यक्रमका प्रमुख अतिथि रावलले भट्टलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेपछि प्रभातफेरि सुरुवात गरिएको थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री प्रकाश रावल सहित सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी लगायतका विभिन्न सहभागी भएका छन् ।

  

Himal dental
सम्बन्धित
Loading...